दैलेखका दुई प्रतिनीधि र ४ वटै प्रदेशमा बाम गठबन्धनको सानदार जित ।।

img1

खगेन्द्र राना मगर ।
दैलेख २४ मंसीर ।
दैलेखका २ प्रतिनीधि सभा र चार वटै प्रदेश सभा सदस्यमा बाम गठबन्धनका उम्मेद्धारहरु बिजयी भएका छन । दैलेख निर्वाचन क्षेत्र नम्बर १ प्रतिनीधी सभातर्फ बाम गठबन्धनका उम्मेद्धार एमालेका रबिन्द्रराज शर्मा बिजयी हुनुभएको छ । शर्माले कुल २३ हजार ७ सय ७३ मत प्राप्त गर्दै निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनीधी सभा सदस्यमा बिजयी हुनुभएको हो । उहाका निकटतम प्रतीद्धन्दी लोकतान्त्रीक गठबन्धनका उम्मेद्धार राप्रपाका दिपककुमार शाहील १७ हजार २ सय ५२ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधी सभा सदस्यमा पनि बाम गठबन्धनकै उम्मेद्धार एमालेका राज बहादुर बुढा कुल २३ हजार ३ सय २३ मत प्राप्त गर्दे बिजयी हुनुएको छ उहाका निकटतम प्रतीद्धन्दी लोकतान्त्रीक गठबन्धनका उम्मेद्धार कांग्रेसका शिबराज जोशीले १६ हजार ६ सय ३४ मत प्राप्त गर्नुभएको थियो ।
यसैबिच दैलेखका २ वटा निर्वाचन क्षेत्रका ४ वटै प्रदेशमा बाम गठबनका उम्मेद्धारहरु बिजयी भएका छन । निर्वाचन क्षेत्र नम्बर १ प्रदेश क मा बाम गठबन्धनका उम्मेद्धार माओवादी केन्द्रका धर्मराज रेग्मी बिजयी हुनुभएको छ । रेग्मीले कुल १० हजार ३ सय ६१ मत प्राप्त गर्दै बिजयी हुनुभएको हो । उहाका प्रतीद्धन्दी नेपाली कांग्रेसका कृष्ण कुमार बिसीले ८ हजार ७ सय ६५ मत प्राप्त गर्नुभयो ।
निर्वाचन क्षेत्र नम्बर १ प्रदेश ख मा पनि बाम गठबन्धनका उम्मेद्धार एमालेका अम्मर बहादुर थापा १२ हजार ५ सय ६७ मत प्राप्त गर्दै निर्वाचीत हुनुभएको छ । उहाका प्रतिसपर्धी लोकतान्त्रीक गठबन्धनका उम्मेद्धार कांग्रेसका जगतजंग थापाले १० हजार ५ सय ८४ मत प्राप्त गर्नुभएको थियो । 
यता दैलेख निर्वाचन क्षेत्र नम्बर २ अन्र्तरगत प्रदेश क मा बाम गठबन्धनका उम्मेद्धार एमालेका शुशील थापाले कुल ११ हजार ८४ मत प्राप्त गर्दै प्रदेश सभा सदस्यमा बिजयी हासील गर्नुभएको छ । उहाका प्रतिस्पर्धी लोकतान्त्रीक गठबन्धनका उम्मेद्धार कांग्रेसका मधुरबिक्रम खनालले ८ हजार २ सय ९८ मत प्राप्त गर्नुभएको थियो । 
निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ख मा पनि बाम गठबन्धनका उम्मेद्धार राज बहादुर शाहीले ११ हजार ४ सय ४५ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । उहाका निकटतम प्रतीद्धोन्दी लोकतान्त्रीक गठबन्धनका उम्मेद्धार काग्रेसका दिक्पाल शाहीले ८ हजार ४ सय ६६ मत प्राप्त गर्नुभएको थियो ।