ध्रुबतारा एफएम नवौ बर्षमा प्रबेश ।।

img1

पौष, ०६ दैलेख ।
दैलेख सदरमुकामको दैलेख बजारबाट प्रशारण हुँदै आएको सामूदायिक रेडीयो ध्रुबतारा एफएम ८९.८ मेगाहर्ज आज देखि नवौ बर्षमा प्रबेश गरेको छ । 
ध्रुबतारा संचार सहकारी सस्था लिमीटेड दैलेखद्धारा सन्चालीत सामुदायीक रेडीयो ध्रुबतारा एफएमले ‘‘पश्चिम नेपालको आवाज” भन्ने नारासहित २०६६ साल पौष ६ गतेदेखी आफ्नो परिक्षण प्रसारण सूरु गरेको थियो ।
सेवामा आधारित संचारलाई साधन वनाएर पीछडीएका वस्तीहरुको आर्थिक, समाजिक र साँस्कृतिक क्षेत्रको  विकास गर्ने उद्देश्यले स्थापना गरिएको सहकारी संस्था द्धारा सामुदायीक रेडीयो ध्रुबतारा एफएम सन्चालन भएको हो ।
पश्चिम नेपालका २२ भन्दा बढी जिल्लाहरुमा एफएम व्याण्डमा ८९.८ मेगाहर्ज तथा ईन्टरनेटमा धधध।मताm।यचन मार्फत संसारभर सुन्न सकिने रेडीयोले अहिले  शिक्षा, स्वास्थ्य, पर्यटन, वातावरण, प्रकृती संरक्षण तथा जनसरोकारका बिषयहरुसंग सम्बन्धीत रहेर बिभीन्न रेडीयो कार्यक्रम तथा अन्य बिबीध मनोरन्जनात्मक कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ । 
एक हजार वाट प्रसारण क्षमतामा दैनीक १८ घण्टा सन्चालनमा रहेको रडीयोले अहिले दैनीक ७ वटा स्थानीय समाचार बुलेटीनहरु प्रासारण गरिरहेको छ भने अन्य बिबीध कार्यक्रमहरु समेत प्रसारण गर्दै आईरहेको छ ।
रेडीयोको बार्षीक उत्सवका अवसरमा बोल्दै पत्रकार माहासंघ दैलेखका अध्यक्ष तथा  रेडीयो ध्रुबतारा एफएमका स्टेशन म्यानेजर चक्र केसीले समाज बदल्न सामूदायिक रेडीयाको भूमीका अग्रणी हुने भएकाले त्यसका लागि रेडीयो ध्रुबताराले महत्वपुर्ण भुमीका निर्वाह गर्नतर्फ लाग्नेमा जोड दिनुभयो । उहाले संचार माध्यमले सबैखाले बिभेदका बिरुद्ध खबरदारी गर्नुपर्ने बताउदै स्थानीय स्तरमा रहेका चासोका बिषयलाई एफएमले प्राथामीकतामा राख्नुपर्ने बताउनुभयो ।
यसैबिच ध्रुबतारा एफ एम नवौ  बर्षमा प्रबेश गरेको अवसरमा एफ एमका अध्यक्ष डम्बर खड्काले सम्पुर्ण स्रोता, संचालक समिती, कर्मचारी, बिज्ञापनदाता, राजनितीककर्मी , मानबअधिकारबादी , पत्रकार, स्थानीय बुद्धिजिवी, ब्यापारी तथा ब्यवसायीहरुलाई सहयोग र समन्वयका लागी हार्दिक धन्यबाद ज्ञापन गर्नुभएको छ ।