मिर्गौला पीडितद्वारा सहयोगको याचना ।।

img1

 
दैलेख, १८ पुस ।
दुई मिर्गौला विग्रिएर उपचारको क्रममा रहेकी दैलेख भगवतीमाई गाउँपालिका–१ पगनाथका हस्तराज अधिकारीको परिवारले सहयोगको याचना गरेका छन् । विगत तीन वर्षदेखि मृगौलामा समस्या देखिएका अधिकारीलाई काठमाडौंस्थित वीरअस्पतालमा उपचाररत छन् । आर्थिक अवस्था कमजोर भएकाले उपचार हुन नसकेको उनका भाई दुर्गराज अधिकारीले जानकारी दिए । 
 
‘मुुमा अथवा बुबाको मिर्गाैला म्याचिङ हुन्छ हुँदैन थाहा छैन’, उनकी श्रीमति गीता अधिकारीले भनिन्, ‘यदि उहाँको भएन भने म पनि दिन तयार छु । तर, उपचारका लागि पैशा छैन् ।’ उनले मिर्गौला दिन व्यक्ति तयार भए पनि उपचारमा लाग्ने रकमको समस्या रहेको बताइन् ।
 
मिर्गाैलामा विगत तीन वर्षदेखि समस्या आएसँगै उपचारका लागि भारतको लखनौंमा उपचार गराउँदा परिवारसँग भएको रकम सकिएपछि उनलाई उपचार गराउन रकम अभाव भएको हो । 
 
२५ बर्षिय अधिकारीको दुबै मृगौला  खराब भई उपचारमा  अर्थिक समस्या भएर  जीवन सङघर्षको अवस्थामा रहेको हुँदा  जीवन  रक्षाको लागि मानबताको नाताले आफुले सक्दो सहयोग गरिदिन अपिल गरेका हुन् । 
 
सहयोग गर्न चाहानेहरुले उनका अंकल भवानीप्रसाद अधिकारीको सम्पर्क नम्बर ९८४८१६६७७७ मा सम्पर्क गरिदिनुहुन श्रीमती गीताले अनुरोध गरेकी छन् । साथै, अंकल भवानी अधिकाीको नाममा बाणिज्य बैक शाखा दैलेख २०२४९ खाता नम्बरमा सहयोग रकम जम्मा गर्न सकिने बताइएको छ ।