दुल्लु नगर उद्योग बाणिज्य संघको अध्यक्षमा ःथापा ।।

 
दैलेख पौष २९ ।
दुल्लु नगर उद्योग बाणिज्य संघको अध्यक्षमा ओमकार जंग थापा बिजयी हुनुभएको छ । थापाले १७१ मत प्राप्त गर्दै नगर उद्योग वाण्ीज्य संघको अध्यक्षमा बिजयी हुृनुभएको हो । उहाका निकटतम प्रतिद्धन्दी डिल बहादुर खड्काले १३९ मत प्राप्त गर्नुभएको थियो । यस्तै बरिष्ट उपाध्यक्षमा बाम गठ बन्धनका कमल शर्माले कुल १७० मत प्राप्त गर्दै बिजयी हुनुभएको छ ।  उहाका प्रतिद्धन्दी साझा उम्मेद्धार टिकाराम थापाले १४० मत प्राप्त गर्नुभएको थियो । यस्तै दृतिय उपाध्यक्षमा १७० मत प्राप्त गर्दैं सोभा थापा बिजयी हुनुभएको छ । उहाका प्रतिद्धन्दी साझाका उम्मेदावार दिपेन्द्र कार्कीले १३१ मत ल्याउनुभएको थियो । दुल्लु नगर उद्योग वाणीज्य संघको महासचिबमा चन्द्र प्रसाद पोखरेल बिजयी हुनुभएको छ । पोखरेलले  १८८ मत प्राप्त गर्दे माहासचिवमा वीजयी हासिल गर्नुभएको हो । उहाका प्रतिद्धन्दी जय बहादुर थापाले १२७  मत प्राप्त गर्नुभएको थियो । नगर उद्योग वाणीज्य संघको सचिवमा जितेन्द्र कार्कीले १८७ मतका साथ विजयी हुनुभएको छ । उहाका प्रतिद्धन्दी सुरेन्द्र पुरीले १२१ मत प्राप्त गर्नुभयो ।  कोषाध्यक्षमा केसव कार्की १६३ मतका साथ बिजयी हुदा उहाका प्रतिद्धन्दी निशा शाही गिरीले १४१ मत ल्याएर पराजित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा बाम गठ बन्धनकै  भिम बहादुर थापा, जगत प्रसाद आचार्य, इन्द्र सुनार, रेणु भट्टराई, सुर्य भण्डारी र प्रताप राई बिजयी हुनुभएको छ । कुल ३१५ मत खसेकोमो ५ मत बदर भएको थियो  । नगर उद्योगा वाण्ीज्य संघको भएको निर्वाचनमा नेपाली काँग्रेस, राप्रपा  र नेपाल मजदुर किसान पटीमा आवद्ध ब्यापारीहरुको साझा उम्मेदवारका तर्फबाट अध्यक्षमा ओमकार जंग थापा मात्र बिजयी हुनुभएको छ भने अरु सबै पदमा बाम गठ बन्धनका उम्मेदवार बिजयी भएको निर्वाचन अधिकृत सम्सेर बहादुर शाहीले जानकारी दिनुभयो  । अध्यक्ष पदमा निर्वाचीत हुनुभएका थापाले सबै ब्यवसायीहलाई धन्यबाद  दिदैँ आगामी दिनहरुमा एकता, सहमति र सहकार्यका साथ हातेमालो गर्दै अघि बढ्ने बताउनुभएको छ ।