नेपाल मगर संघ दैलेखको सातौ जिल्ला अबिधेशन सम्पन्न ः अध्यक्षमा नन्द बहदुर थापा मगर चयन ।।

img1

 
दैलेख माघ २ ।
नेपाल मगर संघ जिल्ला कार्य समीति दैलेखको अध्यक्षमा नन्द बहादुर थापा मगर चयन हुनुभएको छ । मगर समुदायको माहान पर्व माघे सङ्क्रान्तीको अवसरमा दैलेखको माहावु गाउपालीका वडा नम्बर २ को  वडाखोलामा आयोजित एक बृहत सास्कृतीक कार्यक्रमसंगै सम्पन्न भएको सातौ जिल्ला अबिधेशन बाट थापा अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो । 
 
अधिबेशनबाट उपाध्यक्षमा भद्र बहादुर थापा मगर, सचिवमा सर्वजित थापा मगर, सह–सचिवमा तुल्सी पुन मगर र कोषाध्यक्षमा रमा थापा मगर चयन हुनुभएको छ ।        
 
यस्तै संघको जिल्ला कार्यसमितीे सदस्यहरुमा जित बहादुर थापा मगर, मन बहादुर रेगामी मगर, सन्त बहादुर देसुवा मगर, राम बहादुर थापा मगर, दलबहादुर पुन मगर, कमला कुमारी थापामगर, अम्मर सारु मगर, आशा सारु मगर, भोजबिर थापा मगर, र अम्बी थापा मगर चयन हुनुभएको छ ।  
 
यसैबिच अबिधेशन पश्चात बाकी १० जना सभ्य सस्यहरु नेपाल मगर संघ जिल्ला कार्य समिती दैलेखको पहिलो बैठकबाट मनोनित गर्ने निर्णय समेत गरिएको छ । यस्तै अबिधेशनबाट हरीमाया सारु मगरको संयोजकत्वमा ५ सदस्यीय सल्लाहाकार समिती पनि गठन गरिएको छ । सल्लाहाकार समितीको सदस्यहरुमा श्याम राना मगर, मन बहादुर थापा मगर, दिप कुमारी पुन मगर र धन बहादुर रामजाली मगर रहनुभएको छ ।
 
सम्पन्न अबिधेशन पश्चात नव निर्वाचीत पदाधीकारीहरुलाई बधाई तथा शुभकामना दिदै कार्यक्रमका प्रमुख अतिथी नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तेज तारामी मगरले समुदायको परम्परागत सस्कृती, अधीकार तथा र रितीस्थितीलाई अङ्गाल्दै अगाडी बढ्न अग्रसर बन्नुपर्नेमा जोड दिन सुझाव दिनुभएको छ । 
 
यस्तै नेपाल मगर संघका केन्द्रीय सदस्य खगेन्द्र पुन मगरले पनि नया कार्य समितीलाई शुभकामना दिदै अहिलेको आवस्यकता तथा अधिकारका कुराहरुलाई स्थापीत गर्नमा महत्वपुर्ण भुमिका खेल्न सक्रिय बन्नुपर्नेमा जोड दिनुभएको थियो ।
 
नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तेज तारामी मगरको प्रमुख आतीथ्त्यतामा भएको माघी बिशेष बृहत सास्कृतीक कार्यक्रम तथा सातौ जिल्ला अबिधेशन नेपाल मगर संघ दैलेखका कार्यबाहक अध्यक्ष हरीमाया सारुको सभापतित्वमा सम्पन्न भएको हो ।