२० औं भूकम्पीय सुरक्षा दिवस दैलेखमा पनि मनाइयो ।।

img1

दैलेख माघ २ । 
‘‘सबल समुदाय र स्थानीय सरकारः भूकम्पीय सुरक्षाको बलियो आधार” भन्ने नारा सहित २० औ भुकम्पीय सुरक्षा दिवस मंगलवार दैलेखमा पनि मनाईएको छ ।
 
२० औं भूकम्पीय सुरक्षा दिवसका अवसरमा  दिवसको मूल समारोह समितिले दैलेख सदरमुकाममा ¥याली गरेको छ  । मंगलवार बिहान ८ बजे सदरमुकाम दैलेख बजारको स्थानीय गणेश चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गरी स्थानीय देवकोटा चोकमा पुगेर समापन भएको थियो ।    
 
वि.स. १९९० सालको महाभूकम्पको स्मृतिमा सरकारले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउँदै आएको हो । दिवसका अवसरमा दैलेखमा गरिएको कार्यक्रममा सामाजिक सेवा केन्द्र सोसेक नेपाल दैलेख, एभरेष्ट क्लब दैलेख, सेवक दैलेख लगाएतले सहयोग गरेका थिए । 
 
¥यालीमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुुर थापा, नारायण नगरपालिका दैलेखका मेयर रत्न बहादुर खड्का, विभिन्न नगर तथा गाउपालीकाका प्रमुखहरु, दैलेखका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने,प्रहरी प्रमुख सरोज पौडेल, विभिन्न सरकारी तथा गैससका प्रमुखहरुको सहभागिता रहेको थियो ।   
 
यसैबिच प्रदेश नम्बर ६ र ७ भुकम्पको उच्च जोखिममा रहेको भुकम्प दिवसमा तथ्य सार्वजिनक गरिएको छ । २० औँ भुकम्प दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय सुर्खेतले आयोजना गरेको कार्यक्रममा  प्रदेश ६ र ७ भुकम्पको उच्च जोखिममा रहेको बताइएको हो ।  
 
हिमाली क्षेत्र हुनु र अधिकाँश संरचना भुकम्प मापदण्ड विपरित रहेकाले यस क्षेत्रका संरचना भुकम्पको जोखिममा रहेको भुकम्प मापन केन्द्र सुर्खेतका रत्नमणी गुप्ताले बताउनु भयो । ‘भुकम्प’ पुर्व सूचना दिएर नआउने भएकाले अहिले देखी नै नयाँ बन्ने संरचना बलियो बनाउन आग्रह गर्नु भयो ।