जनअपेक्षा अनुसार काम हुन सकेको छैन ःप्रकाअ अधिकारी ।।

img1

दैलेख माघ ४ ।
नेपाल लगानी बोर्डका प्रमुख कार्यकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले प्र्रक्रियागत जटिलता र श्रोत व्यवस्थापनको अभावमा जनअपेक्षा अनुसार गतिमा काम गर्न नसकेको बताउनुभएको छ ।
 
माथिल्लो कर्णाली जलबिद्युत आयोजना र प्रभावित जिल्ला विषयमा दैलेखका पत्रकारका लागि २ दिने तालिमको उद्घाटन कार्यक्रममा सो कुरा उल्लेख गर्नुभयो । लगानी बोर्डले नेपाल सरकारका ठूला विकास कार्यक्रमहरु संयोजन गर्न जिम्मेवारी बहन गरिहेको अधिकारीले प्रष्ट पानुभयो । 
 
परिवर्तनको निर्माणकको रुपमा काम गर्न थालेको बोर्डले माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको काम नियमन गरिरहेको उहाँले बताउनुभयो ।  कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानले पत्रकारहरुका लागि आयोजना गरिएको यो तालिमले माथिल्लो कर्णाली जलबिद्युत आयोजना र ठूला विकास निर्माण आयोजना बारे समाचार संकलन, उत्पादन र प्रकाशन तथा प्रसारणका लागि प्राविधिक ज्ञान बढाउनेमा बिश्वास व्यक्त गर्नुभयो । 
तालिम उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष चक्र केसीले पत्रकारहरुका लागि जलबिद्युत आयोजना जस्तो प्राविधिक विषयमा ज्ञान, क्षमता बढाउन तालिम व्यवस्थापन गरिएको बताउनुभयो । 
 
उहाँले तालिम आयोजना गरेकोमा नेपाल लगानी बोर्डलाई धन्यवाद दिनुभयो । नेपाल लगानी बोर्डका बाह्य मामिला इकाई प्रमुख घनश्याम ओझाले समाचारको प्रभावले विकास कार्यक्रमहरु सञ्चालनमा सहयोग वा विरोधको अवस्था सिर्जना गर्ने भएकोले पत्रकारले गलत चाहनामा भ्रम फैलाउने तत्वहरुसंग सजग हुन आग्रह गर्नुभयो । Hikmat Kumar Ratan को फोटो।
 
दैलेखमा निर्माण गर्न लागिएको माथिल्लो कर्णाली जलबिद्युत आयोजना, मध्यपहाडी राजमार्ग लगायत नेपाल लगानी बोर्डले ठूला आयोजना सञ्चालन गर्ने प्रक्रिया, विधि, श्रोतको खोजी र यसको प्रभावकारिता विषयमा जिल्लाका पत्रकारहरुलाई अभिमुखी करण गर्ने कार्यक्रम राखिएको हो । 
 
मुख्य गरी माथिल्लो कर्णाली जलबिद्युत आयोजना निर्माण प्रक्रिया, बिद्युत उत्पादन तथा वितरण योजना, ठूला आयोजनाको निम्ति आर्थिक श्रोतको व्यवस्थापन, प्राविधिक पक्ष, वातावरण तथा सामाजिक प्रभाव, सञ्चार माध्यम र सरोकारवालाको दायित्व विषयमा छलफल गर्ने कार्यसूची छ ।