ठूला बिकासे आयोजनाहरुमा सकारात्मक भूमिका निर्वाह गर्न संचारकर्मीलाई आग्रह ।।

img1

दैलेख माघ ६ । 
दैलेखमा निर्माण थालिएको माथिल्लो कर्णाली जलविद्युत आयोजना लगायतका अन्य ठूला बिकासे आयोजनाहरुको बारेमा सकारात्मक भूमिका निर्वाह गर्दै समाचार संम्प्रेषण गर्न दैलेखका संचारकर्मीहरुलाई लगानी बोर्डले आग्रह गरेको छ । 
 
माथिल्लो कर्णाली जलबिद्युत आयोजना र प्रभावित जिल्लाका पत्रकारका लागि २ दिने तालिमको समापनमा बोल्दै लगानी बोर्ड नेपालका प्रमुख कार्यकार्यकारी अधिकृत महाप्रसाद अधिकारीले दैलेखमा निर्माणको तयारीमा रहेको माथिल्लो कर्णाली परियोजना समयमै निर्माण सम्पन्न भए जिल्ला सँगै नेपालकै आर्थिक अवस्था सुधारमा टेवा पुग्न सक्ने भएकोले यसवारे गहन अध्ययन गरेर संचारकर्मीहरुले कलम चलाउन आग्रह गरेका हुन् । 
 
लगानी बोर्डले नेपाल सरकारका ठूला विकास कार्यक्रमहरु संयोजन गर्न जिम्मेवारी बहन गरिहेको र माथिल्लो कर्णाली जलबिद्युत आयोजनाको काममा तीव्रता ल्याउन निर्माणको जिम्मा लिएको कम्पनीलाई बारम्बार आफुहरुले पहल गरिरहेको बताए । 
 
कम्पनी अहिले बित्तिय व्यवस्थापनको लागि समय माग गरिरहेको छ । उत्पादन भएको बिद्युत बिक्रि गर्ने ठोस सम्झौता पश्चात लगानीको संभावना धेरै हुने भएकोले अहिले बिद्युत बिक्रिका लागि बिभिन्न चरणहरु सम्झौतामा पुग्न थालेको बताईएको छ । तालिममा बिद्युत क्षेत्रमा गरिने लगानी, संभावना, चुनौती र अवसरका बारेमा संचारकर्मीहरुलाई जानकारी गराईएको थियो । 
 
तालिम समापनमा बोल्दै पत्रकार महासंघ दैलेखका पुर्व अध्यक्ष एवं धमाका दैनिकका सम्पादक बिष्णु शर्माले आयोजना निर्माणको जिम्मा लिएको कम्पनीले माथिल्लो कर्णाली परियोजनाको बारेमा प्रभावित क्षेत्रका जनता, जिल्लाका राजनीतिक दल, संचारकर्मीलाई पुर्ण रुपमा जानकारी गराउने कामलाई तीव्रता दिन सके जनताले बिरोध नगर्ने बताए । 
 
जिल्लाका संचारकर्मीहरुलाई समेत पहिलोपटक आयोजनाको बारेमा बिस्तृत जानकारी गराएकोमा लगानी बोर्डलाई धन्यवाद दिएका थिए । बिभिन्न उदेश्य राखेर जल माफियाहरुले ठूला आयोजनाहरु बन्न नदिने खालका षडयन्त्रहरु गर्ने प्रचलन पनि धेरै भएकोले बिरोधका नाममा बिरोध भन्दा गहिरो अध्ययन र बिश्लेषण गरेर समाचार प्रकाशन र प्रसारण गर्दै दैलेखका ठूला बिकासे आयोजना छिटो निर्माण थाल्नेबारे सबैले पहल थाल्न सुझाव दिईएको छ ।