१४ बुँदे प्रतिबद्धता सहित, प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलद्धारा गाउँ अभियान तिब्र ।।

img1

ध्रुबतारा संवाददाता, दैलेख माघ ८ ।
दैलेख उद्योग बाणिज्य संघ दैलेखको चुनाव आउन अब केहि दिनमात्र बाँकी छ । निर्वाचन नजिकिदै गर्दा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले गाउँ अभियानलाई तिब्र पारेको छ । 
 
चुनावलाई लक्षितगर्दै प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानलले दैलेखका विभिन्न स्थानीय तहमा रहेका साना व्यापारिक केन्द्रहरुमा पुगेर स्थानीय उद्योगी, व्यापारिहरु संग भेटघाका साथै छलफल गरिरहेका छन् ।  
 
चुनाव नजिकिदै गर्दा छलफल र भेटघाटलाई तिब्रता दिएको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले फरक शैलीबाट चुनावी प्रचार गर्न थालेका छन् । दैलेखको उत्पादन, दैलेखको पहिचान, हराभरा निजी क्षेत्र दैलेखीको अभियान भन्ने मुल नारा लिएर चुनावी अभियानमा होमिएको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानललले १४ बुँदे प्रतिबद्धता सहितको एक पत्र पठाएर चुनावप्रचार अभियान संचालन गरेको छ ।  
 
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार बनेको वर्तमान महासचिव नरेन्द्र थापाद्धारा हस्ताक्षरित पत्र जिल्लाका सबै उद्योगी, व्यापारिहरुलाई पठाइएको प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानललाई जिताउने मूख्य जिम्मेवारी लिएको वर्तमान अध्यक्षशान्ति प्रसाद शर्माले जानकारी दिनुभएको छ । 
 
जिल्लाका सम्पूर्ण मुख्य व्यापारिक केन्द्रहरुमा पठाइएको पत्र उद्यागी तथा व्यापारिहरुको हातमा पु¥याउनुका साथै स्थानीय उद्योगी, व्यापारिहरु संग भेटघाटका साथै छलफल अभियानलाई पनि तिब्रता दिइएको शर्माले जानकारी दिनुभयो  । 
 
पत्रमार्फत उल्लेख गरिएका प्रतिबद्धताहरु पुरा गर्नका लागि प्रगतिशिल उद्योगी व्यापारिहरुको साझा प्यानलका सम्पूर्ण उम्मेदवारहरुलाई विजयी गराउन जिल्लाका उद्योगी व्यापारिहरु संग आग्रह समेत गरिएको छ ।
 
यसैबिच प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले पठाएको १४ बुँदे प्रतिबद्धतामा विशेष गरि कृषि पर्यटन र जलविद्युतलाई प्राथमिकतामा राखीएको छ । पत्रमा जिल्लाका प्रत्येक स्थानीय तहमा उद्योग बाणिज्य संघको शाखा कार्यालयको जग्गा व्यवस्थापन गरि भवन निर्माण कार्य तत्काल थालनी गर्न पहल गर्ने उल्लेख गरिएको छ । 
यस्तै स्थानीयतहमा बजारहरुमा आपराधिक घटनाहरुको न्यूनिकरणका साथै शान्ति सुरक्षा कायम गर्नका निमित्त स्थानीय तहहरुसंग समन्वयगरि सि.सि.क्यामेरा जडानका लागि पहल गर्ने उल्लेख गरिएको छ । 
 
स्थानीय उत्पादन पर्बद्धन गर्नका लागि आवश्यकता अनुसार उद्योग स्थापना गरि व्यवसायीक शसक्तिकरण संगै बजारको सुनिश्चितता गर्ने, दैलेख उद्योग बाणिज्य संघको भवनमा प्रदेश स्तरिय कार्यक्रम गर्न सकिने आफ्नै घरनिर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।  
 
दैलेखलाई पर्यटकिय गन्तव्यको जिल्ला बनाउन दैलेख महोत्सब तथा उद्योग बाणिज्य संघको शाखाहरुमा स्थानीय महोत्सबहरु आयोजना गर्न निरन्तर पहल गरिने उल्लेख गरिएको छ । एक गाउँ एक उत्पादन कार्यक्रमलाई थप प्रभावकारी बनाउनुका साथै स्थानीय, जिल्ला स्तरिय तथा क्षेत्रीय सडक संजालको निर्माण गर्न प्रतिबद्ध रहेको उल्लेख गरिएको छ । 
 
नेपालगंज, श्रीस्थान, महावु, जुम्ला तातोपानी हुँदै मानसरोवर सम्म पुग्ने पर्यटकिय सडक निर्माण तथा स्तर उन्नती गरि बजार विकास गर्न सरोकारवाला सबै निकायको ध्यानाकर्षण गरिने उल्लेख छ । स्थानीय स्तरमा रोजगारी सृजना गर्न मद्धत पु¥याउन ठुला तथा मझौला आयोजनाहरुलाई आकर्षीत गर्न तथा सम्पन्न गर्न सहजिकरण गरिने उल्लेख गरिएको छ । 
 
नौमूले लगाएतका सम्भावित क्षेत्रहरुमा अल्लो तथा जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न सम्बन्धित निकायहरु संग समन्वय गरि पहल गरिने पत्रमार्फत प्रतिबद्धता गरिएको छ । श्रीस्थान लगाएत जिल्लाको विभिन्न ठाउँमा रहेका खनिज पदार्थका खानीहरुको सम्भाव्यता अध्ययनलाई निरन्तरता दिई उत्खनन्मा राज्यको ध्यानकार्षण गराउन पहल गर्ने पत्रमा उल्लेख गरिएको छ । 
 
जिल्लाका ११ वटै स्थानीय तहहरु संग समन्वय गरि जिल्लामा एक औधोगिक ग्राम स्थापना गर्ने प्रतिबद्धता गरिएको छ । जिल्लाका विभिन्न ठाउँमा उत्पादित बस्तुहरुको बजारिकरणका निमीत्त कोशेली घर स्थापनागर्ने उल्लेख छ । 
 
उद्यमी व्यवसायहरुका सुझाव अनुसारका आवश्यकताहरुलाई तत्काल सम्बोधन गर्नूपर्ने अवस्था आएमा त्यसको उचित सुनुवाई गरि कार्यान्वयन पक्रिया अगाडी बढाइने पत्रमा उल्लेख गरिएको छ ।