सोम लामाको बिना अर्थ सार्वजनीक ।।

img1

धु्रबतारा संवाददाता, सुर्खेत ।
सर्जक सोम लामाको बिना अर्थ बोलको गित भिडीयो सहित बजारमा सार्वजनीक भएको छ । सोम लामाको शब्द, नेत्रराज घलेको संगित र राजु खड्काको ऐरेन्ज रहेको बिना अर्थ तिमले मलाई सम्झिएको भुल भाछ बोलको गितको भिडियो सार्वजानिक भएको हो । 
क्रियाटिभ मिडिया एण्ड रिसर्च सेन्टर सुर्खेतको उत्पादन रहेको म्यूजिक भिडियो ज्ष्नज ीष्नजत ःगकष्अ मार्फत बजारमा आएको छ । 
गितको भिडियोमा पुर्वेली युवा नयाँ अनुहार बिक्रम बर्मा, पत्रकार अप्सरा बिष्ट र प्रदेश नम्बर ५ को सुन्दर जिल्ला दैलेखका लोक तथा दोहोरी सर्जक एवंम पत्रकार गोविन्द बिश्वकर्माको अभिनय रेहेको छ । 
चन्द्र मन्दिरको निर्देशन, मान बहादुर वलीको छाँयाकन र सम्पादनमा रहेको उक्त गितको भिडियो आफ्नो पहिलो प्रयास रहेको र सामान्य तयारीमा नै काम सम्पन्न भएकाले आफुले सोचेजस्तो हुन नसकेको अभिनयकर्ता बिक्रम बर्माले बताएका छन । मायामा परेको वा खुशिको अभिनय गर्न सजिलो हुने बताउदै उनले धोका खाएर पागल बनेको र निरास भएको अभिनय गर्न भने कठीनाई परेको बताए ।
यस्तै, गितसंगित क्षेत्रमा कदम चलाउदै आईरहेको भएपनि अभिनय भने पहिलो रहेको बताउदै अर्का अभिनयकर्ता गोविन्द बिश्वकर्माले मनले चाहे पछि ‘‘जहा ईच्छ्या त्यहा उपाए” भनेजस्तै सम्भव हुने बताए ।
बिना तयारी पहिलो पटक क्यामेराको पर्दा साह्रै गाह्रो हुने रैछ उनले भने यो प्रयासले हाम्रो बाटो बाटो खुलेको छ । आगामि दिनमा कमी जोरीलाई सुधार्दै काम गर्नेछौं । 
गितको भिडीयो हेरीसकेपछि मनमा लागेका सुझाव, सल्लाहा तथा प्रतिक्रीया दिएर साङ्गीतिक क्षेत्रलाई निरन्तरता दिने हौसला अनी माया प्रदान गरीदिन पनि अभिनयकर्ता गोवीन्द बिस्वकर्माले सम्पुर्ण दर्शक तथा श्रोताहरुलाई अपील गरेका छन । 
प्रतिक्रिया दिनका लागी उनले आफ्नो सामाजीक सन्जाल फेसबुकमा न्यखष्लमब द्यष्कजधबपबचmब क्भबचअज गरी साथी बनेर कुरा गर्न सकिने तथा मोवाईल नम्बर ९८४८१९६९५७ मा फोन गरी सुझाव, सल्लाहा तथा प्रतिक्रिया दिन सक्ने पनि जनाएका छन ।