वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी अभीमुखीकरण सम्पन्न ।।

img1

ध्रुबतारा संवाददाता
माघ, २० दैलेख ।
वहुक्षेत्रिय पोषण योजना कार्यन्वन सम्बन्धी जिल्ला समन्वय समितिका पदाधिकाहरुसंग अभिमुखिकरण तथा कार्यक्रमका बारेमा छलफल गरिएको छ ।
सदरमुकाम दैलेखमा आज सम्पन्न भएको अभिमुखीकरण कार्यक्रममा बहुक्षेत्रीय पोषण योजना कार्यान्वय सम्बन्धी जिल्ला समन्वय समितीका पदाधीकारीहरुको भुमीका बिषयमा छलफल भएको हो ।
दैलेखका प्रत्येक नगरपालीका तथा गाउपालीकाहरुमा बहुक्षेत्रिय पोषण योजनाका लागी संघिय तथा स्थानीय सरकारबाट बजेट बिनीयोजन भई कार्यान्वयनको चरणमा रहेको छ ।
कार्यक्रमलाई जिल्ला समन्वय समिती दैलेखले समन्वय, सहजीकरण र अनुगमन गर्ने भएकाले पादाधीकारीहरुको भुमिकाको बारेमा जानकारी गराईएको हो ।
दैलेखमा गत बर्षदेखी नै बहुक्षेत्रीय पोषण योजना कार्यक्रम सन्चालन हुदै आएसंगै जिल्लाका बिभीन्न गाउ तथा नगरपालीकालाई कुपोषण मुक्त घोषण गर्ने प्रतिबद्धता पनि सरोकारवालाहरुले यस अघी नै जनाईसकेका छन ।
आगामी आर्थीक बर्षमा जिल्लामा पोषण सुधारका लागी ७० लाख २६ हजार ५ सय २४ रुपैयाँ रकम बिनीयोजन गरिएको छ । 
कार्यक्रममा बहुक्षेत्रिय पोषण योजना कार्यक्रमका जिल्ला संयोजक पवित्रा सापकोटाले दैलेख जिल्लामा हालसम्म बिषयगत कार्यालयले पोषण सुधारमा पुर्याएको योगदान बारेमा प्रस्ट्याउनु भएको थियो ।
यस्तै बरिष्ठ प्राबिधीक बिमल खेन श्रेष्ठ तथा परामर्शदाता दामोदर न्यौपाने, गैर सरकारी सस्था माहासंग दैलेखका अध्यक्ष महरुप खत्री, नेपाल पत्रकार माहासंघ दैलेखका अध्यक्ष चक्र केसी, जिल्ला समन्वय समिती दैलेखका प्रमुख प्रेम बहादुर थापा लगाएतको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।