दैलेखको दुल्लुमा नवजात शिशुको शव फेलाःशिशुको जन्मदिने जमुना रावल प्रहरीको नियन्त्रणमा ।।

 
दैलेख, माघ २१ ।
दैलेखको दुल्लुमा माटोको खाल्डोभित्र पुरीएको अवस्थामा एक नवजात शिुशुको शव फेला परेको छ । 
दुल्लु नगरपालीका वडा नम्बर ४ शान्तीबजारको शान्ती सिर्जना निमावीको नजीकै माटो खन्ने खाल्डोमा माटोले पुरीएको अवस्थामा शिशुको शव फेला परेको हो । 
हिजो साझ घर लिपपोत गर्ने माटो खन्न गएका बेला स्थानीयले माटो खन्ने खाल्डोमा शिशुको शव हल्का पुरीएको देखेपछि ईलाका प्रहरी कार्यालय दुल्लुलाई खबर गरेका थिए ।
स्थानीयले प्रहरीलाई खबर गरे पश्चात ईलाका प्रहरी कार्यालय दुल्लुका ईन्चार्ज श्यामराज अर्यालकोे टोली त्यहा पुगी शिशुको शव खाल्डोवाट निकालीएको थियो ।
नवजात शिशुको शवलाई अहिले पोष्टमार्डमका लागी दुल्लु अस्पताल दुल्लुमा राखीएको ईलाका प्रहरी कार्यालय दुल्लुका ईन्चार्ज श्यामराज अर्यालले जानकारी दिनुभयो ।
उहाका अनुसार अछाम जिल्ला रहफ घर भई हाल दुल्लुमा बस्दै आएकी किशोरी जमुना रावलले बच्चा जन्माई माटोको खाल्डोमा फालेको पुष्टी भएको छ । 
शिशु जन्माउने जमुनालाई अहिले ईलाका प्रहरी कार्यालय दुल्लुले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
शिशु जन्माउने जमुना बिजया उच्च माध्यामीक बिद्यालय दुल्लुमा कक्षा १२ मा अध्यनरत छात्रा हुन र उनी स्थानीय प्रेमदेव गिरीको घरमा डेरा गरी बस्दै आएको बताईएको छ  ।
अबैध सम्बन्धबाट शिशुको जन्म भई हत्या गरी फालीएको हुन सक्ने आसंका गरिएको भएपनि शिशु जन्माउने जमुनाले भने आफुले शिशुको जन्म दिएको तर हत्या भने नगरेको तर दावी गर्दै आएकी छिन । 
शिशुको जन्म भईसकेपछि शिशुको मृत्यु भएका कारणले गर्दा आफुले डरले गर्दा शिशुलाइृ माटो खन्ने खाल्डोमा फालेको उनले स्वईकार गरेकी छिन । 
शिसुको शवलाई अहिले दुल्लु अस्पताल पोष्टमार्डमका लागी राखीएको र घटनाको बारेमा थप अनुसन्भान जारी रहेको ईलाका प्रहरी कार्यालय दुल्लुका ईन्चार्ज श्यामराज अर्यालले जानकारी दिनुभयो ।