१७ जना उम्मेदवार सहित, चुनाव प्रचारमा प्रगतिशिल प्यानल ।।

img1

ध्रुवतारा संवादाता, दैलेख माघ २३
दैलेख उद्योग बाणिज्य संघ दैलेखको ९ औँ साधारण सभा तथा ८ औ जिल्ला अधिवेशनको माघ २५ गते (भोली) उद्घाटन हुँदैछ भने मतदान शुक्रवार २६ गते हुँदैछ । निर्वाचनको मिति नजिकिदै गर्दा चोक चिया पसल र चौताराहरुमा चुनावी बहस तिब्र बनेको छ । चुनावलाई लक्षित गर्दै प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलका तर्फ बाट अध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापा र उक्त प्यानलबाट १६ जना सदस्य पदका उम्मेदवारहरुले उद्योगी व्यापरिहरु संगको भेटघाटलाई तिब्र पारेका छन् । दैलेखको उत्पादन, दैलेखको पहिचान, हराभरा निजी क्षेत्र दैलेखीको अभियान भन्ने दैलेख समृद्धीको नारा लिएर चुनावी अभियानमा होमिएको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले चुनावी अभियान अन्तरगत दैलेख सदरमुकाम लगाएतका मुख्य व्यापारिक केन्द्रहरुका उद्योगी व्यापारिहरुलाई एक ठाउँमा उभ्याउन अन्तिम कसरत जारि राखेको छ । जिल्लाका ११ वटै स्थानीय तहहरुमा मुख्य व्यापारिक केन्द्रहरुमा पुगेको प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले निर्वाचनमा जित हात पर्ने विश्लेषणहरु भइरहेका छन् । 
जिल्लामा सबै जसो स्थानीय बजारहरुमा पुग्दा प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको जित सुनिश्चित भइसकेको विश्लेषण समेत गरिएको छ । 
१४ बुँदे प्रतिबद्धता सहित उक्त प्यानलले चुनाव प्रचार प्रसारलाई तिब्र पारेको थियो । प्यानलले निर्वाचनमा विजयी गराए दैलेखलाई प्रदेश नं. ६ प्रमुख पर्यटकिय स्थलको रुपमा विकास गर्न प्रतिबद्धता जनाएका छन् । प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले मात्र समग्र दैलेख जिल्ला भित्रका उद्योगी व्यापारिहरुको व्यवसायिक हक र हितका काम गर्न सक्ने बताउदै अन्य प्यानल छोडेर प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलमा भित्रिने क्रम जारि छ । 
अध्यक्ष पदका उम्मेदवार नरेन्द्र थापाले दैलेख जिल्लाका विभिन्न स्थानीय तहहरुमा रहेको सम्भावनाहरुलाई पहिचान गरि जिल्ला लाई आर्थीक समृद्धी तर्फ अगाडी बढाइने बताउछन् । दैलेखमा रहेका स्थानीय मुख्य बजारलाई आर्थीक केन्द्रको रुपमा विकास गर्ने बताउदै थापाले समग्र दैलेख जिल्ला भरि छरिएर रहेका उद्योगी व्यापारिहरुको व्ययवायिक हक हितका लागि आफु  सधै तल्लीन रहने बताए । दैलेख सदरमुकामका उद्योगी व्यापारिहरु संगको भेटघाटमा प्रगतीशिल प्यानललाई विजयी गराउन मूख्य जिम्मेवारी लिएका दैलेख उद्योग बाणिज्य संघ दैलेखका वर्तमान अध्यक्ष शान्ति प्रसाद शर्माले प्रगतिशिल प्यानललाई मतदान गरि विजयी बनाए जिल्लामा कृषि, पर्यटन, जलविद्युत लगाएतको क्षेत्रमा थुप्रै काम गर्ने कार्ययोजना रहेको बताएका छन् । 
प्यानलले बुधवार दैलेख सदरमुकाम नजिकका व्यापारिक केन्द्रहरुमा भेटघाट कार्यक्रम गरेको छ । प्यानलले आज र भोली चुनाव प्रचार प्रसार तथा उद्योगी व्यापारिहरु संग भेटघाट गर्ने प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको चुनाव प्रचार प्रसार समितिका उपसंयोजक एंव सदस्य पदका उम्मेदवार कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभएको छ । 
यस्ता छन्, प्रगतिशिल प्यानलमा उम्मेदवार
प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलले अध्यक्ष सहित १ जना महिला सदस्य र अन्य १५ जना सदस्यहरुको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ । प्रगतिशिल प्यानलको तर्फबाट जिल्लामा सबै जसो व्यापारिक केन्द्रहरुबाट उम्मेदवारहरु समेटिएका छन् । प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट अध्यक्ष पदका लागि दैलेख उद्योग बाणिज्य संघ दैलेखका हालका महासचिव नरेन्द्र थापा अध्यक्ष पदका उम्मेदवार बनेका छन् । २०४३ सालदेखी ब्यापारमा लागेका उम्मेदवार थापा देउराली चुरोटमाथि झोला बोकेर ब्यापार गरेको व्यक्ति हुन् । व्यापारिक क्षेत्रबाट विभिन्न समस्याहरु झेल्दै दैलेख उद्योग बाणिज्य संघ दैलेखका महासचिव भई अहिले अध्यक्ष पदका उम्मेदवार बनेका छन् । उनले आफु र आफ्नो प्यानलले जारि गरेको १४ बुँदे प्रतिबद्धताहरु अनुसार आगामी दिनमा काम गर्ने विश्वास दिलाउँदै जिल्ला सबै उद्योगी, व्यापारिहरु प्रति विनम्रका साथ सवैबाट सहयोगको अपेक्षा गरेका छन् ।  थापा सर्मिला स्टेशनरी एण्ड शौरभ अफसेट प्रेसका प्रोपोराइटर हुन् । उनि जिल्लाका सफल व्यवसायी समेत हुन् ।  
यस्तै प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट महिला सदस्यका लागि एनवी इन्टरप्राइजेजका प्रोपराइटर विष्णु कुमारी जैसी उम्मेदवार बन्नु भएको छ । यसैगरि अन्य १५ जना सदस्यहरुमा डिसी कन्टक्सन एण्ड सप्लायर्सका प्रोपोराइटर अशोक कुमार थापा, विद्या स्टोर्सका प्रोपराइटर एंव हालमा कोषाध्यक्ष कृष्ण प्रसाद कोइराला, श्रेष्ठ भाँडा पसल दैलेखका प्रोपराइटर एंव पूर्व महासचिव कृष्ण प्रसाद श्रेष्ठ उम्मेदवार बनेका छन् ।
 यस्तै दैलेख उद्योग बाणिज्य संघ दैलेखका हालमा बरिष्ठ उपाध्यक्ष एंव राजन होटल एण्ड लजका प्रोपराइटर गणेश बहादुर खड्का, विसी इलेक्टोनिक्सका प्रोपराइटर गोपाल बहादुर (बुढा) विसी, टोपेन्द्र अर्डर सप्लायर्सका प्रोपराइटर टोप बहादुर नेपाली, अधिकारी भेराएटीका प्रोपराइटर तारा केशर शर्मा अधिकारी सदस्य पदमा उम्मेदवार बनेका छन् । यसैगरि विश्व स्टोर्सका प्रोपराइटर प्रेम वली, क्रान्ति अफसेट प्रेस दैलेखका प्रोपराइटर एंव सफल व्यवसायी माधवराज अधिकारी, दिपा फेन्सी स्टोर्सका प्रोपराइटर मोहनजंग थापा प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट सदस्य पदको उम्मेदवार बनेका छन् । 
यस्तै न्यू मोडल होटल एण्ड लजमा प्रोपराइटर राजु खड्का, ज्वाला बस्त्रालयका प्रोपराइटर राम प्रसाद शर्मा, रुपाखेती भाँडा पसलका प्रोपराइटर लक्ष्मी रुपाखेती, ज्वाला ग्रिल सटर उद्योगका प्रोपराइटर शम्सेर मल्ल र ज्वाला अर्डर सप्लायर्सका प्रोपराइटर शंकर श्रेष्ठ प्रगतिशिल उद्योगी व्यापारीको साझा प्यानलको तर्फबाट सदस्य पदका उम्मेदवार हुन् । प्यानलबाट सदस्य पदका उम्मेदवारहरुले आफ्नो प्यानललाई विजयी बनाए जिल्लामा उद्योगी व्यापारिहरुको हक हितका लागि सधै तल्लीन रहने बताएका छन् ।