नयाँ सालको पात्रो मंसिरमा बिहेको साइत एकदिन, कात्तिकमा दशैंतिहार ।।

img1

२२ माघ, काठमाडौं । आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ ।
 
नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो पञ्चाङ्ग लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन ।
 
बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ ।
तर, मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ ।
 
माघमा १० दिन बिहेको साइत छ । पात्रो अनुसार माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्छ ।
 
०७५ साल फागुनमा सबैभन्दा धेरै, अर्थात् झण्डै आधा महिना ९१३० दिन विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको छ ।
 
व्रतबन्धको साइत जम्मा चार दिन
 
आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ ।
 
कात्तिकमा दशैंतिहार, भदौको तेस्रो सातामा तीज १ ।।
 
आगामी वर्षको दशैं र तिहार दुबै कात्तिक महिनामा परेका छन । दशैंको टीका कात्तिकमा परे पनि नौरथा चाहिँ असोजबाटै सुरु हुन्छ ।
 
०७५ सालको ‘सूर्य पञ्चाङ्ग’का अनुसार असोज २४ मा घटस्थापना परेको छ भने विजयादशमी कात्तिक २ मा परेको छ । कोजाग्रत पूर्णिमा कात्तिक ७ मा परेको छ ।
 
यस्तै कात्तिक २१ गते लक्ष्मीपूजा र २३ गते भाइटीका परेको छ । आगामी वर्षको छठ पर्व कात्तिक २७ गते परेको छ ।
 
महिलाहरुको विशेष पर्व हरितालिका तीज पनि यसवर्ष निकै पछाडि सरेको छ । हरितालिका तीजको ब्रत भदौ २७ गते परेको छ । त्यसैगरी गाईजात्रा भदौ ११ गते परेको छ भने कुसे औंसी भदौ २ गते रहेको छ ।