दैलेख उद्योग वाणीज्य संघ दैलेखको अध्यक्षमा कुल बहादुर बिक निर्वाचित ।।

img1

दैलेख माघ २७ ।
दैलेख उद्योग बाणिज्य संघ दैलेखको अध्यक्षमा कुल वहादुर बिक निर्वाचित हुनुभएको छ ।  संघको ९ औ बार्षीक साधारण सभा तथा आठौं अधिवेशनबाट १७ सदस्यीय नवनिर्वाचित कार्यसमितिको अध्यक्ष पदमा ८ सय ५५ मत प्राप्त गर्दै बिक निर्वाचित हुनुभएको हो । 
 
उहाँका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत पाउनुभएको थियो । दुई फरक चुनावी प्रतिस्पर्धामा उत्रिएका प्यानलमध्ये कुल बहादुर विकको साझा प्यानलबाट अध्यक्षमा कुलबहादुर बिक सहित १३ जना सदस्य निर्वाचित भएका छन भने नरेन्द्रबहादुर थापाको प्रगतीशिल प्यानलका तर्फबाट ३ जना सदस्य निर्वाचित भएका छन । 
 
संघको विधान अनुसार १ जना महिला समावेसी सीटमा कुलबहादुर बिक समूहकी राधा ज्ञवालीले ८ सय १ मत प्राप्त गरी निर्वाचित हुनु भएको छ, नरेन्द्रबहादुर थापाको समूहकी महिला उम्मेदवार बिष्णुकुमारी जैसीले ७ सय ९१ मत प्राप्त गर्नुभएको थियो । 
 
कुलबहादुर बिक समूहबाट निर्वाचित भएका १३ सदस्यहरु गोबिन्द कार्की, झविराज खत्री (कवि), देवेन्द्र केसी, पदम बुढा, परे खड्का, पूर्णप्रसाद पाण्डे, यज्ञप्रसाद रेग्मी, योगेन्द्रप्रसाद सिग्देल, रुपक थापा, भक्तबहादुर रावत, राजेश हमाल र शन्देश कुमार श्रेष्ठ (शैलेश) हुनुहुन्छ । 
 
बाँकी ३ जना सदस्यहरुमा नरेन्द्रबहादुर थापाको समूहका अशोक थापा, कृष्णप्रसाद श्रेष्ठ र राजु खड्का निर्वाचित हुनुभएको छ । 
 
विहीवार अधिवेशन उद्घाटन कार्यक्रम र शुक्रवार निर्वाचन भएको थियो ।  गएराती साँझ ८ बजे सकिएको निर्वाचनमा राति अवेर मत गणनाको अन्तिम नतिजा निर्वाचन संयोजक सुरेन्द्रकुमार अधिकारीले घोषणा गर्नुभएको हो ।