दैलेखमा जीप दुर्घटना, ४ जनाको मृत्यु, ५ जना गम्भीर घाइते ।।

img1

ध्रुबतारा संवाददाता 
फागुन १० दैलेख  ।
 
दैलेखमा आज भएको एक यात्रुबाहक जिप दुर्घटना परी चार जनाको मृत्यू भएको छ भने अन्य पाच जना गम्भीर घाईते भएका छन ।  
 
दैलेख सदरमुकाम देखी माहाबु गाउपालीकाको गैडाबाजतर्फ जादै गरेको लु १ ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउपालीका वडा नम्बर ४ ओखलढुंगामा दुर्घटना भएको हो ।  
 
मृत्यु हुनेहरुमा महाबु गाउँपालिका ४ की २२ वर्षीया निर्मला पाण्डे, महाबु गाउँपालिका ५ का ३५ वर्षीय श्रवण शाही, सोही गाउँपालिका ६ की २९ वर्षीया निर्मला शाही र पुरा ठेगाना नखुलेका सुर्खेतका तिलक ढकालको मृत्यू भएकोे दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिनुभयो । 
 
यस्तै घाईते हुनेहरुमा नारायण नगरपालीका २ दैलेखका रमेश कुमार थापा, कालीकोट तिलागुफाका गणेश शाही, माहाबु १ खरीगैरा दैलेखका कर्ण बहादुर मल्ल, र माहाबु ५ कासिकाधका एकेन्द्र शाही रहेका छन ।
 
गम्भीर घाईते पाच जनालाई उपचारका लागी जिल्ला अस्पताल दैलेखमा ल्याईएको छ । जिप ब्रेक फेल भएपछि व्याक गर्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।