३६ औ मगर संघ स्थापना दिवसको अवसरमा दैलेखको नौमुलेमा भव्य सास्कृतीक कार्यक्रम हुने ।।

img1

खगेन्द्र राना मगर
१३ फागुन दैलेख ।
 
३६ औ मगर स्थापना दिवस यसपाली दैलेखको नौमुले बजारमा भव्य सास्कृतीक कार्यक्रमका साथ मनाईने भएकोे छ । 
 
नेपाल मगर संघ जिल्ला समिती दैलेख तथा आदीवासी जनजाती सकृती संरक्षण समिती दैलेखको आयोजनामा स्थापना दिवसको अवसरमा यही फागुन १५ गते दैलेखको नौमुलेमा पनि भव्य कार्यक्रमको आयोजना गरिने भएको हो । 
 
आदीवासी जनजाती समुदायको मौलीक सस्कृती संरक्षण एवम विकास गर्ने मुख्य उद्येश्यसहित ३६ औ मगर संघ स्थापना दिवसको अवसरमा बृहत सास्कृतीक कार्यक्रमको आयोजना गर्न लागीएको आयोजक नेपाल मगर संघ दैलेखले जनाएको छ । 
 
कार्यक्रममा एैतिहासिक पहिचान झल्कने मारुनी नाचँ, झ्याउरे गित, कौडा, ख्याली, झ्याक्री नाच तथा घम्साघम्सी दोहोरीका साथै आकर्षक नृत्यहरु समाबेश गरिने आयोजकले जनाएको छ । 
 
३६ औ मगर संघ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सफल बनाउनका लागी यहि फागुन १५ गते बिशीष्ट व्यक्तीत्वहरु, निर्वार्चीत जनप्रतिनीधिहरु, राजनैतिक कर्मी, शिक्षक बिद्यार्थी, बुद्धीजवी, उद्योगी, व्यापारी एवम समस्त जिल्ला वासीहरुमा उपस्थितीका लागी आयोजक नेपाल मगर संघ जिल्ला समिती दैलेख तथा आदीवासी जनजाती सकृती संरक्षण समिती दैलेखले सबैमा अनुरोध समेत गरेको छ । 
 
फागुन १५ मा पर्ने मगर संघको स्थापना दिवसको अवसरमा देशभरका बिभीन्न  स्थानमा पनि मगर संघको स्थापना दिवस मनाईदै छ । 
 
२०३९ साल फागुन १५ गते तनहु दमौलीमा प्रथम राष्ट्रिय महाधिबेशन सम्पन्न भएको दिनलाई मगर संघले स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।  
 
तत्कालिन लाङ्घाली परिवारको नाममा स्थापित मगर संघलाई २०४८ सालमा स्वर्गिय पुर्व मन्त्री गोरे बहादुर खपांगी संघको अध्यक्ष हुदा परिवर्तन गरी नेपाल मगर संघ नामाकरण गरिएको थियो ।  
 
फागुन १५ मै ४५ औ चिन्डिके डुप्के तथा मगर अन्र्तराष्ट्रिय मंचको तेस्रो स्थापना दिवस समेत मनाईएको थियो ।  
 
तेस्रो ठुलो जनसंख्यामा रहेका मगरहरुको २०६८ सालको जनगणना अनुसार १८ लाख ८७ हजार ७ सय ३३ जनसंख्या रहेको छ ।