चामुण्डामा विन्द्रासैनि नगरपालीकामा विद्युतको लाइन विस्तार ः नगर प्रमुख शाही भन्छन ‘तीन वर्षमै झिलिमिलि नगर बनाउछौँ’ ।।

img1

ध्रुबतारा संवाददाता
दैलेख फागुन २१ ।
दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिकामा विद्युत लाईन विस्तार गरिएको छ । उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ लाइन विस्तार गरिएको हो । 
 
नगरपालिकामा पहिलो पटक विद्युत लाइन विस्तार भएपछि स्थानीयहरु हर्षित भएका छन ।  लाइन विस्तार भएर बत्ति बलेपछि रातीमा अध्ययन गर्न, ठुला उद्योगहरु संचालन गर्न पाउने नगरवासीको अपेक्षा छ  । 
 
विद्युतको लाइन विस्तारको उद्घाटन गर्नका पुगेका चामुण्डाविन्द्रासैनी नगर कार्यपालिका प्रमुख सुर्यबहादुर शाहीले तीन वर्षमा नगरपालिका सबै वडाहरुमा बत्ति पु¥याउने  प्रतिवद्धता जनाउनुभयो ।
 
। पहिलो चरणमा नगरपालिका मुख्य बजारहरुमा  बत्ति पु¥याउने काम अन्तिम चरणमा पुगेको उहाको भनाई छ । ‘अब कोही नागरिकहरु अध्याँरोमा बस्नु पर्नेछैन ।’ उहाले भन्नुभयो , ‘नगरपालिकाले विद्युतका लाइन विस्तारलाई प्रथामिकता दिनेछ ।’   
 
पहिलो चरणमा नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ मा मेन लाइन विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको उहाले बताउनुभयो  । अबको २ महिना भित्रै यही वडाहरु बत्ति बल्ने नगर प्रमुख शाहीको भनाई छ ।  
 
नगरपालिकाको १५ लाख र संसद विकास कोषको २४ लाख सहयोगमा चामुण्डाविन्द्रासैनीमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दैलेखको प्राविधिक सहयोगमा को लाइन विस्तार गरिएको हो । 
 
सो क्षेत्रमा विद्युत् विस्तार गर्नका लागि १ सय ३५ वटा स्टिलको खम्बा गाडिएर लाइन विस्तार गरिएको  चामुण्डाविन्द्रासैनी विद्युत लाइन विस्तार उपभोक्ता समितिका अध्यक्ष हस्तप्रसाद शर्माले जानकारी दिनुभयो  । 
 
गत फागुनबाट सो क्षेत्रमा विद्युतीकरण गर्न खम्बा गाड्ने काम सुरु गरिएको थियो ।  स्थानीय निर्वाचनका कारणले गर्दा काम गर्न केही ढिलाई भएको उपभोक्ता समितिका अध्यक्ष शर्माले बताउनुभयो । 
 
लाइन विस्तारमा कुनैपनि ढिलाई नहुने बताउदै अबको २० दिन भित्रै लाइन विस्तारको काम सकिने  उनले जिकिंर गर्नुभयो । 
 
चामुण्डाविन्द्रासैनी नगरपालिकामा ४ हजार ४४२ घरधुरी रहेका छन । विद्युतको लाइन विस्तार गर्दा पहिलो चरणमा १ हजार ५ सय भन्दा बढी लाभान्दित हुनेछन । 
 
हालसम्म नगरपालिकाको कुनैपनि स्थानमा नेपाल विद्युत प्राविधिक करण वा नीजि क्षेत्रबाट उत्पादित विद्युत पुगेको छैन ।