दैलेखमा रहेको पेट्रोलियम पदार्थ उत्खनन पहिलो प्राथमिकता ः मन्त्री भण्डारी ।।

img1

धु्रबतारा संवाददाता
दैलेख फागुन २२ ।
कर्णली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले दैलेखको पंचकोशि क्षेत्रमा रहेको पेट्रोलियम पदार्थ उत्खननलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ ।  
 
सरकार विस्तार संगै कार्यभार सम्हालेपछि पहिलो पटक दैलेख आउनुभएका मन्त्री भण्डारीले प्रदेश समृद्धीको लागि प्रदेशका १० ज्लिामा रहेको सम्भावनाहरुलाई खोजी गरिने बताउनुभयो ।  
 
कर्णाली प्रदेशलाई मुलुककै नमूना प्रदेश बनाउन प्रदेश सरकारले विभिन्न योजनाहरु अघि सारेको जानकारी दिदै मन्त्री भण्डारीले कर्णाली प्रदेशको पहिचान बदल्न सरकार लागि परेको बताउनुभयो ।
 
अर्को प्रसंगमा मन्त्री भण्डारीले देशमा ग्यास र पेट्रोलियम पदार्थको हाहाकार मच्चिएको बेला मात्रै ग्यास र पेट्रोलियम पदार्थ उत्खनन्को लागि खोजि गर्ने प्रवृतीलाई प्रदेश सरकारले अन्त्य गर्ने बताउनुभयो ।
 
५२ प्रतिशत जनसंख्या गरिबिको रेखामुनी रहेको कर्णाली प्रदेशमा चूनौतीहरुको चाङबाट सम्भावनाहरुको खोजी भइरहेको बताउदै उहाले कर्णाली प्रदेशमा हाइड्रोपावर संचालन र पर्यटन क्षेत्रको विकास गर्न सकेमात्र समुद्ध प्रदेश बनाउन सकिने बताउनुभयो  ।  
 
यस्तै कर्णाली प्रदेशका सांसद शुसिल कुमार थापाले दैलेखमा रहेको पेट्रोलियम पदार्थको उत्खनन र माथिल्लो कर्णाली आयोजना निर्माणलाई प्रदेशले प्राथमिकतामा राख्ने बताउनुभयो ।  
 
जिल्ला समन्वय समिति दैलेखमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रण बहादुर चन्दले प्रदेशमा रहेको प्रहरी संगठनहरुको अवस्था बारे जानकारी गराउनुभएको थियो ।  
 
कार्यमक्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुखहरु, राजनीतिक दल, जिल्लाका कार्यालय प्रमुखहरु लगाएतको उपस्थिती रहेको थियो ।