हिंसा अन्त्यका लागी जरो गाडेर रहेका रुढीबादीे परम्परा त्याग्नुपर्ने दैलेखका सरोकारवालाहरुको भनाई ।।

img1

ध्रूबतारा संवाददाता 
फागून २३ दैलेख ।
महिला तथा वालवालीकामाथी हुने हिंसा अन्त्यका लागी समाजमा जरो गाडीएर रहेका रुढीवादी परम्परा त्याग्नुपर्ने दैलेखका सरोकारवालाहरुले बताएका छन । 
 
१०८ औ अन्तराष्ट्रि महिला दिवसको अवसरमा रेडीयो ध्रुबतारा एफएम दैलेखमा आयोजित रेडीयो परिसंवाद कार्यक्रममा सहभागी जिल्लाका सरोकारवालाहरुले यस्तो बताएका हुन ।  जस्तोसुकै हिंसा अन्त्यका लागी आफुबाट र आजैबाट पहल थाल्नुपर्ने सरोकारवालाहरुको भनाई छ ।
 
परिसंवाद कायक्रममा बोल्दै जिल्ला समन्वय समिती दैलेखका उप प्रमुख लक्ष्मीदेवी शाहाले नेपाली महिलाहरुको लैङ्गीक समानता तथा शसक्तीकरणको लागी सबै एकजुट हुन जरुरी रहेको बताउनुभएको छ ।  
 
अधिकांस गाँउ समाजमा अझै पनि रुढीवादी परम्परा व्याप्त रुपमा रहेको बताउदै उहाले  समाजमा जगडीएर रहेको बिचार र सोचाई परिवर्तन गर्नु आवस्यक रहेको बताउनुभयो । रुढीवादी परम्पराकै कारण बिभीन्न क्षेत्रमा अमानवीय घटनाहरु घटेको भन्दै शाहाले आजबाट र आफैबाट हिंसा अन्यको बिरुद्धमा लाग्न सबैमा आग्रह गर्नुभयो । 
 
नारायण नगरपालीका दैलेखका उप प्रमुख सावीत्री मल्लले हिंसा अन्त्यका लागी जिल्लाका सबै निकायहरुसंग समन्वयात्मक भुमीका खेल्दै अगाढी बढ्ने बताउनुभयो ।  समाजमा कायमै रहेका छाढपडि प्रथा जस्ता कुप्रथाहरुलाई अन्य गर्नका लागी अभियानकै रुपमा सचेतनामुलक कार्यक्रम अगाढी बढाउने गूरुयोजना निर्माण गर्ने पनि उप प्रमुख मल्लले बताउनुभयो ।
 
यस्तै दैलेखका प्रमुख जिल्ला अधीकारी विस्वराज न्यौपानेले आफुमाथी हुने हिंसाको अत्यका लागी अरुको भर पर्नुभन्दा पनि आफैबाट सूरुवात गर्नुपर्नेमा जोड दिनुभयो । परिवर्तन आफैबाटै सूरु गरेपछि मात्रै सम्भव हुने भन्दै प्रमुख जिल्ला अधिकारी न्यौपानेले हरेक महिला तथा पूरुष छाउपडी, यौनजन्य दुव्र्यवहार, सानै उमेरमा गरने वालविवाह जस्ता कार्यको अन्य गर्नका लागी सशक्त भएर जुट्न सबै नागरीकहरुमा अपिल गर्नुभयो ।  
 
दैलेखलाई महिला हिंसारहीत जिल्ला बनाउन आफुबाट र आजैबाट सबैले पहल थाल्ने हो भने दैलेख जिल्लालाई हिंशामुक्त जिल्ला बनाउन सफल हुनेमा उहाले विस्वास व्यक्त गर्नुभयो ।  
 
महिला तथा बालबालीका कार्यालय दैलेखका महिला विकास अधिकृत पवित्रा पुरीले अबको सन्दर्भमा महिला तथा वालवालीकाको विषयलाई स्थानीय सरकारले बनाएका निती नीयम र कानुनहरुमा सशक्त रुपमा जोड दिनुपर्नेमा बताउनुभएको छ । 
 
आफुमाथी भएका हिंसाहरुलाई आफै खुलस्त रुपमा भन्न सक्ने स्थिती सृजना गर्नका लागी पिडीतलाई आर्थीक शसक्तीकरणको पाटोमा पनि स्थानीय सरकारले जोड दिनुपर्ने पुरीले बताउनुभयो ।  
उहाले महिला तथा बालवालीकाहरुमाथी हुने गरेका कुनैपनि घटनाहरुमा कुनैपनि किसीमको सम्झौता नगरी कानुनी  दाएरामा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  
 
परिसंवाद कार्यक्रमको दैलेखका तिनवटा सामुदायीक रेडीयोहरु ध्रुबतारा एफएम, ज्वाला एफएम र दुल्लु एफएम बाट प्रत्क्ष प्रसारण समेत गरिएको थियो ।
 
‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने नारासहित १०८ औ अन्तराष्ट्रि महिला दिवस दैलेखमा पनि यही फागुन २४ गते बिहीबार विवीध कार्यक्रम गरेर मनाईदै छ । 
 
महिला तथा बाललवालीका कार्यलय दैलेखको आयोजना तथा जिल्ला समन्वय समिती दैलेखको समन्वय र सामाजिक सेवा केन्द्र सासेक नेपाल दैलेख एंव्म नारायण नगरपालीका दैलेखको सहयोगमा दिवसका अवसरमा बिबीध कार्यक्रम हुने बताईएको छ ।
 
सन १९१० मार्च ८ का दीन अमेरीकाकोे एउटा कपडा उद्योगमा काम गर्ने महिलाहरुको पारीश्रमीकमा भेदभाव भएको र बिभीन्न खाले सोषण र दमनका घटनाहरु हुन थालेपछि नारीमुक्ती अभीयानता क्लाट जेटकीनले यो अबधारण ल्याएसंगै यो दिवस मनाउन थालीएको हो ।