१०८ औ अन्तराष्ट्रिय महिला दिवस दैलेखमा पनि मनाईयोः ठाउ–ठाउमा जनचेतना मुलक कार्यक्रमहरु सम्पन्न ।।

img1

दैलेख फागुन २४ ।
१०८ औ १०८ औ अन्तराष्ट्रिय महिला दिवस दैलेखमा विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको   छ । ‘‘आर्थीक सशक्तीकरण सहितको सामाजीक जागरण, ग्रामीण तथा सहरी महिलाको जिवनस्तर रुपान्तरण” भन्ने मुल नारा सहित १०८ औ अन्तराष्ट्रिय महिला दिवस विविध कार्यक्रमहरु गरि मनाइएको हो । 
 
दिवसको अबसरमा जिल्ला सदरमुकाम दैलेख बजार लगाएत दैलेखका ११ वटै स्थानीय तहहरुमा जनचेतनामुलक कार्यक्रमहरु गरि मनाइएको छ । 
 
दिवसको पुर्वसन्ध्यामा दैलेख सदरमुकाममा छात्राहरुको लागि चित्रकला प्रतियोगिता तथा महिला राजनितिज्ञ, महिला पत्रकार, राष्ट्रसेवक कर्मचारी, गैससका कर्मचारी लगाएतको लागि कुर्चीचाल प्रतियोगिता आयोजना गरिएको थियो भने विहिवार पोषण सम्बन्धि खुला लोक दोहोरी प्रतियोगिताको आयोजना गरिएको छ । 
 
सुनौला हजार दिनका आमा र बच्चाहरुलाई लक्षित गर्दै आयोजित लोक दोहोरी प्रतियोगितामा महिलाहरुले गित मार्फत पोषण बारे चेतनामुलक संदेश दिएका छन् । कलाकारहरुले ‘सुनौला हजार दिन’ को महत्वबारे लोक दोहोरी गित मार्फत शिक्षा दिएका छन । 
 
प्रतिशपर्धी कलाकारहरुले ‘सुनौला हजार दिन’ बारे शिक्षा दिदै विशेषगरी गर्भवती आमा र शिशुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने खालका भाका गाएका छन् ।  
 
महिला तथा सुनौला हजार दिनका आमाहरुको स्वास्थ्य सुधारका लागि पोषण युक्त खानेकुरा बनाउने बारे समेत सचेत गराइएको छ । 
 
त्यसैगरी, ‘हरेक बार, खाना चारदेखि वृद्धि विकास गर्ने, रोग नलाग्ने र शक्ति दिने’ खानाका बारेमा जानकारी गराइएको हो । 
 
गर्भवास्था र बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई, गेडागुडीको झोल, हरिया सागपात, पहेला फलफूल, अण्डा, माछा, मासु, घ्यू, दूध, दहीजस्ता पोषकतत्व खान र परिवारलाई खुवाउने विषयमा पनि गित मार्फत जानकारी गराइएको छ । 
 
दैलेख सदरमुकामका आयोगित लोक गित प्रतियोगितामा फर्सीको खिर बनाएर कार्यक्रमका सहभागि र गर्भवती तथा सुत्केरी महिलाहरुलाई खुवाइएको छ ।
 
खुला लोकदोहोरी प्रतियोगितामा देउती स्थान महिला समूह प्रथम, त्रिभुवन माध्यामिक विद्यालयको समूह द्धितिय, प्रगतिशिल महिला समूह तृतिय र महिला जागरण समूह सान्तोना भएका छन् । 
 
कार्यक्रममा कुर्चीचाल प्रतियोगिता, चित्रकला प्रतियोगिता तथा खुला लोक दोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने समूहहरुलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको छ ।
 
दैलेख सदरमुकाममा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम बहादुर थापाले संविधानमा महिलाहरुको सबै अधिकारहरु समेटिएकोले ति अधिकारहरु कार्यान्वयनमा जोड दिए । 
 
यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति दैलेखका उपप्रमुख लक्ष्मी शाह, नारायण नगरपालिका दैलेखका कार्यवाहक प्रमुख सावित्री मल्ल, प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले शुभकामना दिएका थिए । 
 
साँसद पार्वती बिशुन्केले शुभकामनामा दैलेखमा व्याप्त बालविवाह, छाउपडी प्रथा लगायत महिला माथि हुने सबै किसिमका हिंसा अन्त्य गर्दै सामाजिक न्याय स्थापना गर्न सबैको सक्रियताको आवश्यकता औल्याउनुभएको थियो ।
कार्यक्रम महिला तथा बालबालिका कार्यालय दैलेखकी महिला विकास अधिकृत पवित्रा पुरीको अध्यक्षतामा सम्पन्न भएको हो ।
 
चामुण्डा बिन्द्रासैनिमा पनि महिला दिवस मनाईयो  ।।
 
नबोल्ने ढुंगाको पुँजा गरेर विभेदको अन्त्य नहुने चामुण्डाविन्द्रासैनी नगरपालिका दैलेखका नगर–प्रमुख सुर्यबहादुर शाहीले बताउनुभएको छ ।  चामुण्डाविन्द्रासैनी नगरपालिकाको जम्बुकाँधमा  १०८ औँ अन्तर्राष्ट्रिय नारी दिवसमा आयोजित कार्यक्रममा  महिलाहरुलाई शुभकामना दिदै नगरप्रमुख शाहीले यस्तो बताउनुभएको हो ।
 
‘अनावश्यक रुपमा हामी नबोल्ने ढुंगाको पुजाँगरी समय बर्वाद गछौँ ।’ उहाले भन्नुभयो ‘पुरुषले नारीलाई र नारीले पुरुषलाई कहिलेपनि पुजाँ गर्दैनौँ ।  जबसम्म पुरुषले नारीलाई र नारीले पुुरुषलाई पुजाँ गर्ने प्रचलनको सुरुवात हुदैन महिला र पुरुषविच विभेद कायम रहने उहाले उल्लेख गर्नुभयो  । विभेद अन्त्य गर्नका लागि पुरुषले नारीको पुजाँ  गर्ने युगको सुरुवात गर्नुपर्छ । ’ 
 
नारीलेपनि राम्रो पुरुषको पुजाँ गनुर््होस ‘गलत गर्ने पुरुषका विरुद्धमा ‘महाकाली’ भद्रकाली भई उठ्नुहोस ।’ उनले भने, ‘अपराधीबाट नबोल्ने ढुंगाको मुर्तिलाई पुजाँ गरेर अछुतो हुन सकिदैन ।’ अपराधीलाई सजाय दिलाउन सबैको सहकार्यको आवश्यकता रहेको उहाले उल्लेख गर्नुभयो । 
 
दिवस मात्र नाच गान गरेर मात्र म अधिकार प्राप्त गर्न नसकिने उहाको भनाई थियो  यस्तै कार्यक्रममा चामुण्डाविन्द्रासैनी नगरपालिकाका उप–प्रमुख ताराकुमारी शाही (खत्री) ले मदिरा र बालविवाहका कारणले गर्दा महिलाहरु घरेलु हिसांको शिकार बन्नु परेको बताउनुभएको छ ।
 
‘जबसम्म मदिरा नियत्रण गर्न सकिदैन तबसम्म घरेलु हिसां नरोकिने उहाको दावी छ । आफुले न्यायिक समितिको संयोजक बनि अनुसन्धान गरेका अधिकांस घरेलुहिंसाका घटनाहरुमा मदिराकै हात रहेको उल्लेख गर्नुभयो  । 
 
यसैबीच चामुण्डाविन्द्रासैनीका विभिन्न वडाहरु विभिन्न कार्यक्रम गरी नारी दिवस मनाईएको  छ । 
 
दुल्लूमा १०८ आँै श्रमिक महिला  दिवस भब्य रुपमा मनाईयो ।। 
 
दुल्लू नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले देश निर्माणमा महिलाको भुमिका पूरुष सरह हुने  बताउनुभएको छ । उहाले महिला र पूरुष एक रथका दुई पाङ्ग्रा भन्ने भनाइलाई आत्म साथ गर्दै महिलाको सफलतामा पुरुषको भुमिका र पुरुषको सफतामा महिलाको भुमिका महत्वपुण हुने बताउनुभयो ।
 
बिहिबार १०८ आँै अन्तराष्ट्रिय महिला दिवसको  अवसरमा दुल्लू नगरपालिकाले  आयोजना गरेको कार्यक्रममा  प्रमुख भण्डारीले यस्तो बताउनुभएको हो ।
 
दुल्लूमा बिहीबार बाल विवाह न्युनीकरण तथा छाउपडी मुक्त लोक नृतृ प्रतियोगिता गरेर १०८ आँै अन्त राष्ट्रिय महिला दिवस मनाइएको छ । प्रतियागितामा दुल्लू नगरपालिकाका १३ वटा वडा मध्य ११ वटा वडाको आमा समुहबाट सह भागिता जनाएका थिए । 
 
प्रतियोगिताबाट वडा नम्बर १ को वडापाटा आमा समुह  प्रथम भएको छ । यस्तै दृतिय दुल्लू नगरपालिका वडा नं. १० को गमौडी आमा समुह , तृतिय वडा नं ४ को देउती बालसुलब केन्द्र र र सान्तवना दुल्लू नगरपालिका वडा नं. १२ को देउती आमा समुह भएका छन । 
 
प्रतियोगितामा उचीत स्थान हासील गर्ने आमा समुहलाई  पुरस्कार र प्रमाण पत्र समेत बितरण गरीएको थियो ।   दुल्लू नगरपालिकाकी उप प्रमुख बिश्णु थापाको अध्यक्षतामा भएको कार्यक्रम नगर प्रमुख घनश्याम भण्डारीको प्रमुख आतीथ्यतामा सम्पन्न भएको हो ।
 
भैरवी गाउपालीकामा पनि कार्यक्रम सास्कृतीक कार्यक्रम सम्पन्न ।।
 
१०८ औ १०८ औ अन्तराष्ट्रिय महिला दिवसका अवसरमा भैरबी गाउपालीकाको आयोजना तथा सामाजिक सेवा केन्द्र सोसेक दैलेख ग्रमीण जलस्रोत बिकास परियोजना दैलेख को आथिक सहयोगमा लोकगित, तथा कुर्सीचाल प्रतियोगिता सम्पन भएको छ ।
 
प्रतियोगितामा गाउपालीकाका ११ ओटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताबाट प्रथम मुना थापा मगर, द्घितिय मैना कुमारी उपाध्यया ,तृतीय खगिसरा अधिकारी र सान्तवना टिका थापा र मिना थापा भएका छ्न ।
 
यस्तै कुर्सी चाल प्रतिगोगितामा प्रथम सङगिता खनाल, द्वितिय मनिषा खत्री, तृतीय गौरी बिष्ट र सान्तवना आसा थापा भएका छन ।
 
भैरवी गाउपालीकाका उपाध्यक्ष पदम कुमारी बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा गाउपालीकानका अध्यक्ष प्रेम बहादुर बुढा प्रमुख अतिथी रहनुभएको थियो ।
 
माहाबू ३ मा लोकगित प्रतियोगिता सम्पन्न  ।।
 
माहाबु गाउपालीकाको  वडा नम्बर ३ बासिमा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा जनचेतनामुलक लोकगित प्रतियोगिता भएको छ । प्रतियोगितामा ६ आमा समुह र ५ ओटा बालकल्ब को सहभागिता रहेको थियो   ।
 
आमा समुहमा प्रथम शान्ति डाँडा आमा समुह, द्धृतीय चैतारा आमा समुह र तृतीय नारी समाज आमा समुह भएका छन । बाल क्लबतर्फ प्रथम नमुना बालकल्ब, द्धृतीय सन्देश बालकल्ब, तृतीय स्थानामे अधिकारी बालकल्ब र सान्तोना स्थानमा सुन्दर बालसन्जाल बासीले हासल गरेको छ ।
 
डुङ्गेस्वरमा लोकगित, देउडा र कविता प्रतियोगिता ।।
 
१०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा डुङ्गेस्वर गाउपालीका वडा नम्बर ५ मा लोक गित, देउडा र कवीता प्रतियोगिता सम्पन्न भएको छ ।  महिला संजालका अध्यक्ष रत्ना भण्डारीको अध्यक्षता तथा डुङ्गेस्वर गाउपालीकाका उपाध्यक्ष सिता ज्ञावलीको प्रमुख आतीथ्यतामा कार्यक्रम सम्पन्न भएको  हो ।  
 
कार्यक्रमममा डुङ्गेस्वर गाउपालीकाका निमीत्त कार्यकारी अधिकृत दल बहादुर बिक,  अखील नेपाल महिला संघ जिल्ला कार्यसमिती दैलेखका उपाध्यक्ष कलावती न्यौपाने, डुङ्गेस्वर गाउपालीका वडा ५ का वडा अध्यक्ष टेक बहादुर भण्डारी लगाएतका अतिथीहरुले शुभकामना दिनुभएको थियो ।
 
कार्यक्रममा बोल्दै गाउपालीकाका उप प्रमुख सिता ज्ञावलीले महिलाहरुमा हुने हिंसा, वालविवाहा न्युनिकरण, प्रजनन स्वास्थ्यका बारेमा डुंगेस्वर गाउपालकिा भित्र बिशेष कार्यक्रम लागु गर्ने बताउनुभएको छ । 
 
महिला दिवसा अवसरमा आयोजित लोकगित, देउडा तथा कविता प्रतियोगिताबाट सरस्वती आमा समुह पांकोट प्रथम, चौरी आमा समुह पोखरीपाटा द्धृतीय, कालीका आमा समुख पांकोट तृतीय र पीपलचौतारा आमा समुह पांकोटले शान्तवना स्थान हासिल गरेका छन ।  
प्रतियोगितामा बिजेता हुने समुहहरुलाई पुरस्कार स्वरुप आज नै नगद तथा प्रमाण पत्र समेत बितरण गरिएको थियो ।  कार्यक्रमको सन्चालन  पीपल चौतारा मावीका शिक्षीका सकुन्तला गौतमले गर्नुभएको थियो ।  
 
यसैबिच डुङ्गेस्वर गाउपालीकाकै वडा नम्बर ६ मा पनि १०८ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा लोकगित प्रतियोगिता सम्पन्न भएको छ ।  गाउपालीका कार्यपालीका सदस्य खगीसरा थापाको प्रमुख आतीथ्यता तथा महिला सन्जाल वडा नम्बर ६ का अध्यक्ष जैसरा रानाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । 
 
कार्यक्रमको बिशेष अतिथीहरुमा बिशेष वडा नम्बर ६  का वडा अध्यक्ष बम बहादुर बिसी, सुडेक नेपालका अध्यक्ष गंगाराम दाहाल लगाएतका अतिथीहरु रहनुभएको थियो । 
 
प्रतियोगिताबाट  सिर्जनशिल आमा समुह ओईरी प्रथम, जनचेतना आमा समुह आग्र द्धृतीय र हिरा बिककोे समुख तृतीय भएको डुङ्गेस्वर गाउपालीकाका सुचना तथा सामाजीक शाखाका सहायक श्याम बिष्टले जानकारी दिनुभएको छ ।