रुखबाट खसेर एक किशोरीको मृत्यु ।।

ध्रुवतारा संवादाता, ३ चैत्र दैलेख
दैलेखमा तीदू खान रुख चढेकी एक किशोरीको ज्यान गएको छ । दुल्लू नगरपालिका–८ बडलम्जीकी १७ वर्षीय निर्मला आचार्यको आज विहान ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीय बजेडी टोलमा रहेको आफ्नै घरको आगनमा तीदू टिप्न लाग्दा रुखबाट खसेर टाउकोमा कडा चोट लागेर मृत्यू भएको इलाका प्रहरी कार्यालय दुल्लुका असई अशोक राजीले जानकारी दिनुभयो । रुखबाट खस्दा दुबै हात भाँचिएको र ढाड समेत बजारिएको प्रत्यक्षदर्शी महेन्द्र आचार्यले बताउनुभयो । निर्मला आचार्य कृष्ण मावि चगत्राकी कक्षा १० की छात्रा हुन् । उनी चैत ८ गते देखि सुरु हुन लागेको एसईईको परीक्षा दिने तयारी गरेकी थिइन् ।