राष्ट्रिय परिचयपत्र बारे अन्तरक्रिया ।।

ध्रुवतारा संवादाता, ४ चैत्र दैलेख
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र तयारी तथा वितरण प्रक्रिया बारे दैलेख सदरमुकाममा अन्तरक्रिया कार्यक्रम गरेको छ । निकट भविष्यमा वितरण गरिने राष्ट्रिय परिचयपत्रमा समावेश गरिने परिचयपत्र वाहकको व्यक्तिगत विवरण र गोपनीयताको सुरक्षा बारे निर्देशकद्वय खुमाकान्त आचार्य र चेतराज बरालले सहजीकरण गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा दैलेखका प्रमुख जिल्ला अधिकारी बिश्वराज न्यौपानेले राष्ट्रिय परिचयपत्र आधुनिक र विस्तृत विवरण सहितको व्यवस्थित तथ्यांक हुने भएकोले हरेक नागरिक र सरकारी काममा समेत सहज हुने बिश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका सचिवालय सदस्य लोमन शर्मा, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश उपाध्याय, नारायण नगरपालिका उपप्रमुख सावित्री मल्ल, चामुण्डाबिन्द्रासैनी नगरपालिका उपप्रमुख तारा शाही खत्री, अधिवक्ता खड्गबहादुर सिजापति, पत्रकार अमर सुनारले परिचयपत्रमा समेटिनुपर्ने तथ्याँक लगायतका विषयमा विभिन्न सुझाव दिनुभएको थियो ।