दलित जनप्रतिनिधिलाई अभिमुखीकरण गरिंदै ।।

ध्रुवतारा संवादाता, ५ चैत्र दैलेख
गएको वैशाख ३१ गते भएको स्थानीय तहमा दलित समुदायबाट निर्वाचित जनप्रतिनिधिलाई दैलेखमा अभिमुखीकरण गरिने भएको छ । शिल्पी समाज नामक नागरिक समाज संस्थाको आयोजनामा गर्न लागिएको अभिमुखीकरण कार्यक्रम चैत ६ र ७ गते दैलेख सदरमुकाममा गर्न लागिएको हो । जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाका सबै वडामा निर्वाचित ९० जना दलित महिला, खुल्ला सदस्य जितेका ११ जना, कार्यकापालिकाका २६ जना सदस्यहरु र २ जना वडाध्यक्षहरु सो अभिमुखीकरणमा सहभागी हुनुहुनेछ । सहभागी दलित जनप्रतिनिधिहरुलाई स्थानीय तहको सुशासन प्रवद्र्धन, विकास कार्यक्रममा भूमिकाको अलवा दलित, महिला, विपन्न र पिछडिएको लक्षित समुदायको हितमा काम गर्न नेतृत्व क्षमता अभिबृद्धि गर्न सो अभिमुखीकरण गरिने बताइएको छ । पहिलो पटक जिल्लाभरका दलित जनप्रतिनिधिहरु भेला गरी अभिमुखीकरण गर्न लागिएको कार्यक्रममा प्रतिनिधिसभाका साँसद पार्वती बिशुन्के लगायतका सहजकर्ताहरुले सहजीकरण गर्ने तयारी भएको शिल्पी समाजका संयोजक बखत नेपालीले जानकारी दिनुभयो ।