बिकासे योजनाको अनुगमन ।।

ध्रुवतारा संवादाता, चैत्र १९ दुल्लु
दुल्लू नगरपालिकाले चालु आर्थिक वर्षमा संचालन विकास निर्मणका योजनाहरुको अनुगमन सुरु गरेको तेस्रो दिन आइतबार वडा नं ६ का बाँकी रहेका विभिन्न विकासे योजनाको अनुगमन गरेको छ । नगर उपप्रमुख विष्णु थापाको संयोजकमा नगर स्तरिय योजना अनुगमन तथा सुपरिवेक्षण समितिले बिकासे योजनाको अनुगमन सुरु गरेका छ । दुल्लू नगरपालिकाले आर्थिक वर्ष २०७४र०७५ मा वडा नं ६ मा सञ्चालन गरेको योजनाहरुको निर्माण अवस्था र त्यसको उपलब्धी सम्बन्धमा वडा नं ६ का प्रत्येक योजनाको अनुगमन गरेको नगरपालिकाका उप–प्रमुख विष्णु थापाले बताइन । उपप्रमुख थापाले अनुगमनका क्रममा योजनाको काम सन्तोष जनक नभएकोले योजना दिर्घकालीन र उपयोगी बनाउनको लागि अझै थप काम गर्न उपभोक्तालाई निर्देशन दिइन । अनुगमनकै क्रममा साविकको मालिका ७ खर्चेगैरामा उत्पादन भएको प्याज खेतीको अवलोकन गर्दै किसानलाई धन्यवाद दिदैँ यस्ता मिहेनत किसानलाई नगरपालिकाले प्रोत्साहन दिनु पर्ने बताइन । उप–प्रमुख थापाले प्रत्येक वडामा गएर बिकासे योजनाको स्थलगत अनुगममा खटिने बताइन । अनुगमनको क्रममा हिजो दुल्लू नगरपालिका वडा नं। ६ मा निर्माण भएका योजनाहरुमा सूर्य चोक लेखालगाउँ सडक निर्माण, धारा काल्ला खानेपानी निर्माण, उनीगाड लुजै खानेपानी निर्माण, सहरी स्वास्थ्य इकाई लुजैको भवन निर्माण, भोरा पानी निर्माण, लुजै बेकुरेकोट सडक निर्माण, पञ्चेश्वरी आधार भुत विद्यालयको फिल्ड निर्माण, खर्चेगैरा पोखरी निर्माण, पुसाकोट लुजै तल्लो डुङ्गेश्वर सडक मर्मत, बिरकुलो सिचाई कुलो निर्माण, बिरिया कुलो निर्माण र बालेपाटा बाखफाल तल्लो डुङ्गेश्वर सडक मर्मत योजनाको अनुगमन भएको थियो । अनुगमनमा दुल्लू नगरपालिकाका इन्जिनियर कुमार खेमसुन्दर शाही, नासु तुलसी प्रसाद उपाध्याय, असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र रिजाल, वडा नं। ६ का वडाअध्यक्ष बखत बहादुर खड्का, वडा नं। ११ का वडा अध्यक्ष खगेन्द्र थापा रेडियो दुल्लूका स्टेशन मेनेजर निरक शाही को सहभागिता रहेको थियो ।