जीप दुर्घटनामा वडाध्यक्ष सहित ५ जना घाइते ।।

img1

ध्रुवतारा संवादाता, चैत्र २० आठविस
दैलेखको आठबीस नगरपालिका वडा नं. ८ तिलेपाटाको पातलखोलामा हिजो साँझ बोलेरो जीप दुर्घटना हुँदा ५ जना व्यक्ति सख्त घाइते भएका छन् । दुर्घटनामा वडा नं. ९ का वडाध्यक्ष धनबहादुर सिजापतीलाई टाउको  अनुहारमा बढी चोट लागेको र चालकलाई सामान्य चोट लागेको पत्रकार अमर सुनारले पठाएको समाचारमा जनाइएको छ । राकमबजारबाट सिमेण्ट, कर्कटपाता लगायतका निर्माण सामग्री लिएर छेपाडी जाँदै गरेको भे १ च २१४८ नम्वरको जीप सडकबाट करिव ५५ मीटर खसेर सो दुर्घटना भएको प्र्रहरी चौकी तिलेपाटाका प्रहरी हवल्दार खडक खत्रीले जानकारी दिनुभयो । प्रहरीका अनुसार दुर्घटनामा आठबीस नगरपालिका वडा नं. ९ का वडाध्यक्ष धनबहादुर सिजापती, वडा नंं ९ कै बासिन्दा लालबहादुर बडुवाल, त्यसैगरी वडा नंंं. ८ का सूर्यबहादुर सिजापती, नविन बडुवाल र गाडी चालक लालबहादुर कठायत घाइते हुनुभएको छ । घाइतेहरुलाई राकमबजारमा प्राथमिक उपचार पछि थप उपचारका लागि राति नै सुर्खेत लगिएको छ । वडाध्यक्ष धनबहादुर सिजापतीलाई बढी चोट लागेको र नविन बडुवालको देब्रे आँखामा गम्भीर चोट लागेको बताइएको छ ।