श्रमिक बालकको जनप्रनिधीद्धारा उद्धार ।।

img1

ध्रुवतारा संवादाता, चैत्र २२ दैलेख
गुराँस गाउँपालिका वडा नम्बर ६ पिलाडीका १२ बर्षिया कमल विकलाई श्रम गरिरहेकै अवस्थामा जनप्रतिनिधिले उद्धार गरेका छन् । भेरीगंगा नगरपालिका छिन्चुको एक होटेलमा भाँडा माझ्ने काम गरिरहेका विकलाई गुराँस गाउँपालिका अध्यक्ष, उपाध्यक्ष सहितका वडाका जनप्रतिनिधिले भाँडा माझ्दै गरेको अवस्थामा उद्धार गरेर गरेका हुन् । गाउँपालिका अध्यक्ष खेमराज ओली, उपाध्यक्ष दीपा विसी, वडा नम्बर ३ का अध्यक्ष गंगाराम खत्री र ४ का अध्यक्ष खड्ग बहादुर शाहीले वालकको उद्धार गरी ल्याउनु भएको हो । बालकलाई अब विद्यालय पठाइने गाउँपालिका अध्यक्ष ओलीले बताउनुभयो । उहाँले बालकको शिक्षामा लाग्ने सबै खर्च गाउँपालिकाले नै बेहोर्ने बताउनुभयो । गुराँस गाउँपालिकामा बालबालिकाको क्षेत्रमा विभिन्न संघ संस्थाहरुले काम गरी रहेका छन् । विभिन्न संघसंस्थाले विभिन्न चेतनामुलक कार्यक्रम सञ्चालन गरे पनि बालवालिका श्रमका लागी जिल्ला वाहिर जाने गरेको पाईएको छ ।