नाभिस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा यूवा नेता ः योगी ।।

img1

ध्रुवतारा संवादाता, वैशाख ७ दैलेख
नाभिस्थान गुठी व्यवस्थापन समितिको अध्यक्षमा नेकपा एमालेका यूवा नेता नविन योगी निर्वाचित हुनु भएको छ । योगी आज भएको चौथो साधारणसभाबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो । ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा भगिराम महतारा, सचिवमा ईन्द्रनाथ योगी, कोषाध्यक्षमा गगन बहादुर खड्का लगाएत रहनुभएको छ। नवनिर्वाचित अध्यक्ष योगीले नाभिस्थानको पर्यटन विकासका लागि उल्लेखनीय कदम चाल्ने बताउनुभयो । सामाजिक तथा प्राविधिक प्रस्ताव निर्माण गरि पञ्चकोशी क्षेत्रको भौतिक संरचनालाई आकर्षक बनाउने तर्फ आफु लाग्ने योगीले बताउनुभयो । उहाँले ऐतिहासिक र धार्मिक महत्व झल्काउने वस्तुहरुको संरक्षण गरि पर्यटकहरुलाई आर्कषण गर्ने ठोस योजना निर्माण गरिने जानकारी दिनुभयो । उहाँले नाभिस्थान लगाएत वरपरको क्षेत्रभित्र रहेको गुठी जग्गालाई जतिसक्दो चाँडो प्रदेश तथा संघीय सरकार संग समन्वय गरि रैकरमा लिन पहल गर्ने पनि वताउनुभयो ।