शैक्षिक गुणस्तर सुधार आवश्यक ः साँसद शर्मा ।।

img1

ध्रुवतारा संवादाता, वैशाख ७ दैलेख
प्रतिनिधिसभाका साँसद रबिन्द्रराज शर्माले दैलेखको पहिलो क्याम्पस भएकोले नारायण क्याम्पसलाई सबै क्षेत्रको सहयोग पाए जसरी शैक्षिक गुणस्तर सुधार आवश्यक रहेको बताउनुभएको छ । नारायण क्याम्पसको २१ औं वार्षिकोत्सव कार्यक्रममा आज सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले नारायण क्याम्पस स्थापनाले महिलाहरुले आफ्नै ठाउँमा शिक्षा आर्जन गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । साँसद बिशुन्केले बाहिर जिल्ला गएर पढ्ने अवसर नपाउने महिलाहरुका लागि यो क्याम्पस स्वर्णिम अवसर बनेको व्याख्या गर्नुभयो ।  त्यस बखत कर्णाली प्रदेशसभाका साँसद अम्मरबहादुर थापाले नारायण क्याम्पसको भौतिक व्यवस्थापनमा आफूले पहिले पनि सहयोग गर्दै आएको र अव पनि सहयोगमा कमी नहुने बचन दिनुभयो । नारायण क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खाँणको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका कोषाध्यक्ष पूर्णबहादुर खत्री, स्ववियू सभापति रेखा थापा लगायतले क्याम्पसको शैक्षिक विकास र सहकार्यताको विषयमा बोल्नुभएको थियो । क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयीहरु, शिक्षकहरु मध्ये उत्कृष्ट सेवा गरेका नरसिंह थापा र कर्मचारी तर्फ प्रशासकीय अधिकृत गोविन्द मल्ललाई पुरस्कृत गरिएको थियो । त्यसैगरी नारायण क्याम्पसका संस्थापक क्याम्पस प्रमुख खगेन्द्रबहादुर मल्ल खगेन्द्रबहादुर मल्लले नारायण क्याम्पसबाट उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गर्न स्थापना गर्नुभएको पुरस्कार द्वारिका शर्मा, हरिप्रिया गुरुङ, सीता कँडेल र भीमा थापा मगरलाई दिइएको थियो ।