दैलेखको पुरानो वजारमा सडक अवरुद्ध, आवागमनमा समस्या ।।

img1

भिम सिजापति, वैशाख १२ दैलेख
दैलेख सदरमुकामको पुरानो वजारमा आज विहान स्थानीयले सडक अवरुद्ध गरेका छन् । नारायाण नगरपालिका १ पुरानो वजार रेडियो धु्रवतारा एफ.एम. अगाडी नगरपालिकाले विगत लामो समय देखी नालि व्यवस्थापन नगरेको र सरसफाई नगरेको भन्दै स्थानीयले सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा केहि समय यातायात आवागमनमा समस्या भएको थियो ।
उकालो ओरालो साँघुरो वाटो त्यस माथि पनि सडकको दुवै छेउमा ठुलठुला खाल्डा परेको र त्यसको व्यवस्थापनका लागी पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि वेवास्ता गरेकाले स्थानीयले वाटो अवरुद्ध गरेका हुन् । वाटो अवरुद्ध भई यातायात आवागमनमा समस्या भएपछि नारायण नगरपालिका १ का वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ धु्रवले वाटो खुलाउने पहल गर्नु भएको थियो । वडा अध्यक्ष श्रेष्ठले नारायण नगरपालिकाको सरसफाईमा खटिने कर्मचारीले वाटो खुलाउनुका साथै दिनभरी नालिमा रहेको फोहोर उठाएर सडक छेउमै राखेका छन् ।
अहिले सडक छेउमा राखिएको फोहोर गन्हाउन थालेपछि वाटो हिड्नेहरु नाक थुनेर हिड्ने गरेका छन् । नगरपालिकाले लामो समय देखी नालि व्यवस्थापन नगरेको र फोहोर नउठाएको भन्दै आक्रोशित भएका स्थानीय वासिन्दा अव फेरी नालिवाट उठाई सडक छेउमै राखिएको फोहोर कहिले सम्म उठाउने हुन् भन्दै चिन्तित भएका छन् ।