बहु चर्चीत लोक गाईका बिष्णू माझी र बिशाल स्वनीको मर्माीक लोक गित ः जोगी ।।

img1

दैलेख बैशाख २४ । 
 
दैलेखी कलाकार बिशाल श्वनीको अर्को नयाँ मर्मस्पर्शी लोक साङ्गीतिक कोशेली ‘‘जोगी” गित बजारमा सार्वजनीक भएसंगै दर्शक तथा श्रोताहरुको माया बटुल्न थालेको छ ।
 
बहुचर्चीत लोक गाईका बिष्णू माझी र बिशाल स्वनीको कर्णप्रीय आवाज रहेको उक्त गित केही केही समय अघी मात्रै भिडीयोसहित बजारमा सार्वजनीक भएको हो । 
 
सर्जक क्रृशी खड्काको उत्कृष्ट शब्द तथा कमला बिक, अमीतबाबु रोकाय र पुर्ण खड्काको लयमा निर्मीत जोगी गितमा चर्चीत मोडल सारीका केसी र बिपेश घिमीरेको अभीनय रहेको छ । 
 
माया र प्रेममा आधारीत जोगी गितले पछिल्लो समय दर्शक तथा श्रोताहरुको माया उल्लेख्य रुपमा बटुलीरहेको छ । 
 
भनीन्छ नेपाली लोक गित पुर्वको मेचीदेखी पश्चिमको माहाकालीसम्म र उत्तरको हिमालदेखी दक्षीणको तराईका चारकोशे झाडीसम्म गुन्जने भाका हुन । 
 
तर बिडम्बना पछिल्लो समय आधुनीक जमानासंगै बदलीएको समय र परिस्थितीले कतीपय लोक गितहरुमा भने खासै नेपाली मौलीकता भने भेटीदैन । 
 
मौलीकता भन्दा अहिलेको फेसनलाई आधार बनाएर धमाधम गित संगीत बजारमा आईरहेका बेला बिशाल श्वनीको जोगी गितले भने नेपाली मौलीकतालाई न्याय दीलाएको दर्शक तथा श्रोताहरुले प्रतिक्रिया दिएका छन । 
 
नेपाली परम्परा र नेपाली लोक सस्कृतीलाई जोगाईराख्ने उद्येश्यका साथ आफुले यो गित बजारमा ल्याएको गाएक बिशाल श्वनीले बताए । 
 
गितको अडिीयो तथा भिडीयो सार्वजनीक भैसकेपछि दर्शक तथा श्रोताहरुबाट पनि राम्रै प्रतिक्रिया पाईरहेको बताउदै गाएक बिशालले आफुलाई दर्शक, श्रोताले दिएको माया र ममतालाई आत्मसाथ गर्दै नेपाली लोक सस्कृतीलाई जोगाईराख्न आफु सदैव लागीरहने बताए । 
 
करीब एक महिना अघी सार्वजनीक भएको उक्त गितलाई झण्डै साढे तिन लाख बढीले भ्यूज गरीसकेका छन ।