जीपको ढोकाबाट खसेर बालकको मृत्यु ।।

जेष्ठ १६ दैलेख ।  
दैलेखमा जीपबाट खसेर एक बालकको मृत्यु भएको छ। सुर्खेतदेखि दैलेखको गुराँस गाउँपालिकाको पातिहाल्नाका लागि छुटेको जीपबाट खसेर दुई वर्षिया बालकको मृत्यु भएको हो।
 
गुराँस गाउँपालिकाको रानिमत्ता प्रहरी चेकपोष्ट नजिकै भे १ ज ५४५ नम्बरको जीपबाट खसेर सुर्खेतको बराहताल–५ का पुस्कर घर्ती मगरको मृत्यु भएको रानिमत्ता प्रहरी चेकपोष्टले जानकारी दिएको छ।
 
प्रत्यक्षदर्शी मदन विकका अनुसार जीपको ढोकाबाट खसेर बालकको मृत्यु भएको हो। प्रहरी चेक पोष्ट नजिकै जीपबाट खसेर बालकको मृत्यु हुनु सवारी चेकजाँचमा लापरवाही भएको आफन्तको आरोप छ।
 
जीपबाट खसेर घटनास्थलमै मृत्यु भएका बालकलाई पोष्टमार्टमका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेत लगिदैछ।