कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीलाई स्वागत ।।

ध्रुबतारा संवाददाता
२०, जेष्ठ दैलेख ।
दैलेख उद्योग वाणिज्य संघ, दैलेखले कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लगाएतको टोलीलाई स्वागत गरेको छ । दैलेख उद्योग वाणिज्य संघ, दैलेखको कार्यकक्षमा संघका अध्यक्ष कुलबहादुर वि.क.ले स्वागत गर्नु भएको हो । 
 
स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्षले भाईचारा सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको बताउनु भयो । उहाँले दैलेखको सबै प्रकारको सम्पदाले धनि जिल्ला भएकाले यो जिल्लाको भविश्य सुन्दर भएको बताउनु भयो । 
 
यसका साथै उहाँले, आगामी दिनमा नीजि क्षेत्रका साझा समस्याहरु एकाकार भएर सामाधान गर्न आजको कार्यक्रमले उर्जा पैदा गरेको समेत बताउनु भयो ।  
 
संघका अध्यक्ष कुलबहादुर वि.क.ले दैलेख जिल्लाको अध्ययन, अवलोकन गर्न आएकोमा कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष र टोलीलाई धन्यवाद दिदै भाईचाराको सम्बन्ध प्रगाढ हुनेमा आफु विश्वस्त रहेको बताउनु भयो । 
 
उक्त कार्यक्रम महासचिवको संचालन, वरिष्ठ उपाध्यक्षको स्वागत मन्तब्यबाट अघि बढेको थियो । स्वागत कार्यक्रम पछि सो टोलीले भुर्तीका पंचदेवल, श्रीस्थान, नाभिस्थान अध्ययन अवलोकन गरी आजै फिर्ता भएको छ ।