कर्णाली प्रदेश सरकारले शनिबारलाई पनि सरकारी काममा उपयोग गर्ने ।।

img1

ध्रुबतारा संवाददाता
२०, जेष्ठ सुर्खेत ।
कर्णाली प्रदेश सरकारले शनिवार विदाको दिनलाई समेत सरकारी काममा उपयोग गर्ने भएको छ । आज वसेको मन्त्रीपरिषद वैठकले अवदेखि मन्त्रीपरिषदको नियमित वैठक हरेक साताको शनिवार वस्ने निर्णय गरेको छ । 
 
सरकारकी प्रवक्ता विमला केसीले सरकारका मन्त्रीहरु नै जनताको अधिकतम सेवामा लाग्नुपर्छ भन्ने मान्यताका साथ मन्त्रीपरिषदले नियमित वैठक शनिवार विदाको दिन वस्ने निर्णय गरेको जानकारी दिनुभयो । 
 
यस्तै बैठकले गाउँसभा र नगरसभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने ,जिल्ला सभाको कार्यसंचालन सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने सहमती भएको छ । 
 
यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयले पेश गरेको कर्णाली प्रदेश खर्च मापदण्ड निर्देशीका २०७५ स्वीकृत गर्ने, प्रदेश सार्वजनिक व्यवस्था तथ संचालन सम्वन्धि विधेयक २०७५, प्रदेश विद्युत विकास, उत्पादन र व्यवस्थापन सम्वन्धि विधेयक २०७५ र प्रदेश सवारी तथा यातायात व्यवस्था सम्वन्धि विधेयक २०७५को मस्यौदा तर्जुमाका लागि भौतिक पुर्वाधार विकास मन्त्रालयलाई सैद्धान्तिक सहमति प्रदान गर्ने जस्ता निर्णय गरेको सरकारकी प्रवक्ता केसीले जानकारी दिनुभयो ।