अनमी नहुँदा सुत्केरी गराउन समस्या ।।

ध्रुबतारा संवाददाता
२१, जेष्ठ दैलेख ।
दैलेखको नौमूले गाउँपालिका–४ कालिकास्थित स्वास्थ्य चौकीमा अनमी नहुँदा महिलालाई सुत्केरी गराउन समस्या पर्ने गरेको छ । गए राति सुत्केरी बेथाले च्यापेपछि स्वास्थ्य चौकी पु¥याइएकी बाङ्गेबजारकी २१ वर्षीया मीना रोका मगरलाई महिला स्वास्थ्यकर्मी नभएकै कारण पुनः घरमै फर्काएर सुत्केरी बताइएको छ । 
महिला स्वास्थ्यकर्मी नभएकै कारण पुनः घरमै फर्काएर मीनाकी आमाले सकी नसकी सुडेनीको काम गरेर बच्चा जन्माउन बाध्य भएको एभरेष्ट क्लवको क्रेटिभ स्पेस परियोजनाका सहजकर्ता निसा सलामीले जानकारी दिनुभयो । 
प्राप्त जानकारी अनुसार मीनाको यस अघि १ छोरी थिइन् भने यस पटक घरमै सुत्केरी हुदा अर्को छोरीको जन्म भएको छ ।  
अहेव मनमाया गुरुङ्ग, अनमी कल्पना सारु दुई सातादेखि एकैसाथ विदा बसेका र सीअहेव चाहिं पुरुष भएका कारण लाजले महिलाहरु सुत्केरी गराउन नमान्ने गरेको पनि सहजकर्ता सलामीले बताउनुभयो ।