दैलेख गुराँस गाउँपालिकाले स्थानिय पाठ्यक्रम तयार गरी पठपाठन शुरु ।।

ध्रुबतारा संवाददाता
२१, जेष्ठ दैलेख ।
दैलेख गुराँस गाउँपालिकाले स्थानिय पाठ्यक्रम तयार गरी पठपाठन शुरु गरेको छ ।  स्थानिय स्तरमा हुने कृषि तथा फलफुल खेतीका विषयमा विद्यार्थीहरुलाई सिकाई हुनेगरी पाठ्यक्रम तयार गरिएको हो ।  
 
१०० पूर्णाङ्क र ४ पाठ्यभार रहेको पाठ्यक्रमलाई कक्षा १ देखि ५ सम्म पठपाठन बनाइने गाउँपालिका श्रोत व्यक्ती देव कुमार विसीले जानकारी दिए । 
 
उनका अनुसार १ देखि ३ कक्षासम्म हाम्रो तरकारी र फलफुल नामक पुस्तक अध्यापन गराइनेछ भने ४ र ५ कक्षामा हाम्रो तरकारी, फलफुल र प्रविधि शिक्षा विषयको पाठ्यक्रम अध्यायपन हुने छ । यो पुस्तकलाई १ कक्षादेखि पठनपाठन गर्न शुरु गरेपछि विद्यार्थीहरुमा व्यवसायिकताको मानसिकता तयार हुने र उत्पादन वृद्धि गर्न सकिने अपेक्षा लिइएको छ ।  
 
कृषि तथा फलफुल खेती कसरी गर्ने ? त्यस सम्बन्धी व्यवहारीक ज्ञान समेटिएको पुस्तक गाउँपालिकाका सम्पूर्ण विद्यालयहरुमा पठनपाठन हुनेछ ।  गाउँपालिकाले शिक्षा क्षेत्रलाई पनि उत्पादनमा लिने निती लिएको छ, यो नितीलाई सफल बनाउन शिक्षा  पनि व्यवहारिक बनाउनुपर्ने भन्दै यो विषय पठनपाठन गराउन लागिएको जनाइएको छ ।  
 
पुस्तकको एक कार्यक्रमका विच विमोचन गरिएको छ ।   पुस्तक विमोचन गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले गरेका हुन् । पुस्तक विमोचन गर्दै उनले अहिलेसम्मको शिक्षा प्रर्णालीकै  कारण मानिस विदेश जानुपरेको भन्दै अहिलेसम्मको शिक्षा प्रर्णाली व्यवहारिक नभएको बताए ।