सुस्त श्रवण तथा बहिरा बालवालीकाहरुलाई कम्मल र भाडाकुडा बितरण ।।

ध्रुबतारा संवाददाता
२१, जेष्ठ दैलेख ।
नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दैलेखले सुस्त श्रवण तथा बहिरा वालवालीकाहरुका लागी कम्मल तथा भान्सामा प्रयोग हुने भाडाकुडाहरु वितरण गरेको छ । 
 
रेडक्रस दैलेखका सभापति खेमराज केसीले आज एक कार्यक्रमका बिच दैलेखको नारायण नगरपालीका ६ भुर्तीमा रहेको रेडक्रस मावीमा अध्यनरत सुस्त श्रवण तथा बहिरा बालवालीकाहरुलाई बिभीन्न सामाग्रीहरु बितरण गर्नुभएको हो । 
 
उहाले सुस्त श्रवण तथा बहिरा बालबालीकाहरुका लागी १२ थान कम्मल, १२ वटा थाल, ४ वटा डेक्ची र १ थान वाल्टी वितरण गनुर््भएको शिक्षक लक्ष्मीप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार सुस्त श्रवण तथा बहिरा बालवालीकाहरुलाई अध्यापन गराउने जिल्लाकै एक मात्र बिद्यालय रेडक्रस मावी भुर्तीमा हाल १४ जना  सुस्त श्रवण तथा बहिरा बालबालीकाहरुले अध्यन गदै आईरहेका छन ।   
 
जिल्लाभरी थुप्रै सङ्ख्यामा यस्ता वालबालीकाहरु भएपनि अहिले १४ जना वालवालीकाहरु मात्रै त्यहा भएको र उनीहरुलाई सांकेतीक भाषबाट पठनपाठन गराइृरहेको उहाले जानकारी दिनुभयो । 
 
जिल्लाका अन्य बिभीन्न बिद्यालयहरुमा पनि यस्ता बिद्यार्थीहरुलाई सांकेतीक भाषबाट पठनपाठन गराउने वातावरण सम्बन्धति निकायहरुले तैयार गर्न सके यस्ता धेरै वालवालीकाहरुले शिक्षीत बन्न सक्ने अवसर प्राप्त गर्ने सुस्त श्रवण तथा बहिरा वालबालीकाहरुलाई अध्यापन गराउदै आईरहनुभएका शिक्षक लक्ष्मीप्रसाद रेग्मीको भनाई छ ।