विस्व वातावरण दिवसको अवसरमा दैलेखमा चित्रकला प्रर्दशनी ।।

img1

ध्रुबतारा संवाददाता
२२ दैलेख, जेष्ठ ।
विस्व वातावरण दिवसको अवसरमा दैलेखको सरस्वती माध्यामीक बिद्यालय तर्ताङमा आज चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । ‘‘प्लास्टीक प्रदुर्षण निर्मुल पारौ, सके पुनः प्रयोग नसके बहिस्कार गरौ” भन्ने नारासहित सरस्वती माध्यामीक बिद्यालयको आयोजनामा चित्रकला प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा दैलेख सदरमुकामका बसन्त मावी किमुगाउ, मध्यपश्चिम टेक्नीकल स्कुल काडाचौर, पन्चकोशी प्राविधीक शिक्षालय, र सरस्वती मावी तर्ताङका बिद्यार्थीहरुको सहभागीता रहेको थियो । चित्रकला पर्दशनीबाट पन्चकोशी प्राविधीक शिक्षालयका बिद्यार्थी अनीता गूरुङ प्रथम, सरस्वती मावी तर्ताङका होम रावल द्धृतीय, सोही बिद्यालयका गणेश गूरुङ तृतीय र मध्यपश्चिम टेक्नीकल स्कुल दैलेखका पुस्कर थापा शान्तवना भएको पत्रकार कृष्ण दैलेखीले जानकारी दिएका छन । 
यसैबिच माहावु गाउपालीका वडा नम्बर २ बडाखोलामा पनि आज विस्व वातावरण दिवसको अवसर पारी सनलाईट युवा सन्जालको आयोजना तथा सामाजीक सेवा केन्द्र सोसेकको आर्थीक सहयोगमा एक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमबाट सप्ताहाव्यापी वातावरण सरसफाई कार्ययोजना तयार गरिएको त्यहाबाट दुर्गा खत्रीले जानकारी दिनुभयो ।