About us

img1

रेडियो धुर्वतारा एफ.एम. दैलेख

परिचय

१. दुई शब्द
    दैलेखको ईतिहासमा छोटो समयमा आफ्नो स्थान ओगड्न सफल भएको छ जसले  पिछडिएका र सुचनावाट बन्चित जनसमुदाय र जनताको अधिकार जनताकै आवाजको रुपामा बोल्ने, संचार माध्यमको स्थापना गर्ने उद्देश्य अनुरुप मिति २०६६/०४/२८ गतेको दिनमा भएको यस संस्थाको पहिलो भेला र मिति २०६६/०४/२९ गते वसेको दोस्रो भेलाको निर्णय अनुसार  यस दैलेख जिल्लामा एक संचार सहकारी संस्था दर्ता गरी यसको उद्देश्य अनुरुप रहि सामुदायिक  रेडियो संचालन गर्ने निर्णय भए पछि २०६६ भाद्र १२ गते धु्रवतारा सहकारी संस्था लिमिटेड लाई विधिवत रुपमा डिभिजन सहकारी कार्यालय सुर्खेतमा दर्ता गरि यस संस्थाको स्थापना भएको हो । सयौ फुलका थुँङ्गा मिलेर एक  पवित्र माला वने झौ दैलेखका हरेक पिछडिएका र अधिकार वाट  पछाडी परेका हरेक वस्ती हरुको वस्तु स्थीति लाई अवलोकन गरि अग्रजहरुवाट पाएको प्रेरणा र स्वतन्त्र विचार लाई एक साधनको रुपमा प्रयोग गदै मिति २०६७ साल कार्तिक ९ गते सुचना तथा संचार मन्त्रालयबाट ध्रुवतारा संचार सहकारी संस्था को मातहतमा रहि धु्रवतारा सामुदायिक एफ.एमको इजाजत प्राप्त गरेपछि मिति २०६६ पौष ६  गतेका दिनमा विधिवत रुपमा संस्था स्थापना भै अनौपचारिक रुपाम दैनिक १३ घण्टा का दरले  नियमित रुपमा पिरिक्षण प्रसारण शुरुवात भयो । जसको फलस्वरुप  मिति २०६७माघ २८ गतेका दिनमा प्रमुख जिल्ला अधिकारी वलदेव गौतम ज्यू द्धारा औपचारिक रुपमा उद्घाटन गरिएको थियो ।
    यो सेवामा आधारित संचारलाई साधन वनाएर पीछडीएका वस्तीहरुको आर्थिक,समाजिक र साँस्कृतिक आदी क्षेत्रको  विकास गर्ने उद्देश्य ले स्थापना गरिएको सहकारी संस्था द्धारा संचालित सामुदायिक रेडियो हो । यस ध्रुवतारा संचार सहकारी संस्था लिमिटेड को कार्य क्षेत्र दैलेख जिल्ला भरि रहेको हँदा नगरपालिका लगायत  दैलेख जिल्लाका ५५ वटै गाविसमा वसोवास गर्ने जुन सुकै व्यक्तिले पनि यस संस्थामा आवद्ध हुनको लागि न्यूनतक शेयर खरिद गर्न सक्ने व्यावस्था गरिएको छ । यो रेडियो  विहान  ५ बजेदेखि एफ.एम. रेडियो बैण्डको ८९.८ मेगार्हज मा रेडियो लगाउनु भयो भने  विहानीको शुभ साइत सहितको संस्कृतिको प्रतिक बाँसुरीको धुन संगै राष्ट्रिय गान बजिसकेपछि सत्य तथ्य सन्देश मुलक समाचारको साथ लोक संस्कृति बचाई राख्न बज्छ दिन रात यो हो पश्चिम नेपालको आवाज रेडियो धु्रवतारा सामुदायिक एफ.एम  ८९.८ मेगाहर्ज भन्ने आवाज सुन्न सकिन्छ । सामुदायिक रेडियो सम्वन्धि जानकार तथा रेडियो को वारेमा वषौ वर्ष देखि त्याग गर्नु भएका विशेषज्ञहरुले भन्ने गरेको १००० वाट क्षमताको एफ.एमले करिव मध्य तथा पश्चिम नेपालका ३० जिल्लामा रहेका भू–भागहरुमा  प्रशारण सुन्न सकिने पश्चिम नेपालको सामुदायिक रेडियो भएको सुन्न पाईन्छ ।
२. देलेख जिल्लामा कहिले  यसको सुरुवात गरियो ।
# डिभिजन सहकारी कार्यालयमा धु्रवतारा सहकारी संस्था लिमिटेडको नाममा दर्ता भएको मिति २०६६ भाद्र १२ गते दर्ता नं ८/२०६६/२०६७
# सुचना तथा संचार मन्त्रालयबाट इजाजत पाएको २०६६/०७/०९ ईजाजत पत्र न ३९३/२०६६/२०६७
# प्रवृधि प्ररिक्षण प्रसारण सुरु भएको मिति २०६६/९/६ देखि दैनिक ८ घण्टाका दरले
# सूचना तथा संचार मन्त्रालयबाट स्थलगत अनुगमन
# रेडियोको औपचारिक उद्घाटन : २०६६/१०/२८
# नियमित प्रशारणको अनुमती : २०६७/३/६
३. कार्यालयमा कार्यरत दैनिक रुपमा कामगर्र्ने  क्रर्मचारीको विवरण  
महिला कर्मचारी ३
पुरुष कर्मचारी ११
जम्मा कर्मचारी संख्या  १४
४. स्थानिय रुपमा सहयोग गर्ने सहयोगी संवादाताहरु
# ५५ वटै गाविसमा आधारभूत पत्रकारीता तालिम प्राप्त गरेका १÷१ जना गरि जम्मा ५५
# सुर्खेत वाट १ जना
# बाँकेको नेपालगंज वाट १ जना
# कालिकोट वाट १ जना
# जाजरकोट वाट १ जना
# अछाम वाट १ जना
# जुम्ला वाट १ जना
# रोल्पा वाट १ जना
# रुकुम वाट १ जना
# दाङ वाट १ जना
# कैलाली वाट १ जना
# बर्दिया वाट १ जना
# सल्यान वाट १ जना गरि
जम्मा १२ जना स्थानिय जिल्ला संवादाता रहेका छन्
# यस समुदायिक एफ.एमको संचालन तथा व्यावस्थापन गर्ने जिम्मा : धु्रवतारा संचार सहकारी संस्था लिमिटेड दैलेखको हो ।
# प्रसारणको लागि तोकिएको  फ्रिक्वेन्सी :८९.८ मेगाहर्ज
# ट्रान्समिटर क्षमता : १००० वाट
# दैनिक प्रसारण  अनुमति समय १८ घण्टा विहान ५ बजे देखि वेलुका ११ बजे सम्म ।
# रेडियो सुन्न सकिने क्षेत्रः– एफ.एम. व्याण्डको ८९.८ मेगाहर्जबाट दैलेख, जाजरकोट, सल्यान, प्युठान, रोल्पा, रुकुम, अछाम, कालिकोट, डोटी, जुम्ला, मुग, डोल्पा, बाँके, बर्दिया, कैलाली, कन्चनपुर, दिपायल लगायत पश्चिम नेपालका करिव २५ जिल्लाहरुको आस पासका क्षेत्रका साथै www.dtfm.org मार्फत संसारभर सुन्न सकिन्छ ।
# रेडियो सुन्न सकिने जनसंख्या : करिव ८० लाख ।
५. संचालक संस्था सदस्यको विवरण
महिला ३ जना पुरुष  ३३ जना  जम्मा ३६ जना आजीवन तथा साधारण सदस्य रहेका छन् ।
६. यस संस्थाको मुख्य उद्देश्य :
# समुदायमा लुकेर रहेका हरेक घटना समाचार तथा सुचना लाई जनताको प्रत्यक्ष कानमा पु¥याउने ।
# सुचनाको मालिक भई उन्नत समाजको निर्माण संगै आत्म निर्भर स्वावलम्वी स्वायत्त र सभ्य समाजको निर्माण गर्ने यसको मुल उद्देश्य रहेको पाईन्छ ।
७. सहयोग गर्ने संघ, संस्था
सामुदायिक रेडियो प्रसारक संघ, कम्युनिकशन कर्नर, ईक्वेल एक्सेस, एन्टेना फाउण्डेशन, माक्स मिडिया, जिल्ला सहकारी संघ, जिविस दैलेख, लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि जिल्ला स्थीत राजनैतिक दलका प्रमुख एवं प्रतिनिधि कानुनी सल्लाहाकार लगायत आफ्नो ठाउँवाट सहयोग गर्ने सम्पुर्ण जिल्ला वासीहरु यस संस्थाको सहयोगी व्यतित्व रहने छन् ।
८. साझेदार संस्थाहरु
यस सहकारी संस्था द्धारा संचालन भएको यस रेडियो ध्रवतारा सामुदायिक  एफ.एम लाई स्थापना गर्दाको अवस्थामा  र स्थापना भई सकेपछि आर्थिक ,मानसिक तथा संम्वेगात्मक रुपम सहयोग गर्ने दैलेखी माटो मा हुर्केका सम्पुर्ण जन समुदाय हरुलाई हृदय देखिनै हामी धन्यवाद नि चाहान्छौ । जिल्लामा रहेका सरकारी तथा गैर सरकारी संध संस्था द्धारा संचालन गरिएका जनचेतना मुलक रेडियो कार्यक्रम  पनि रहेका छन् । तिहुन केयर नेपाल समुदाय सहयोग कार्यक्रम  को आर्थिक सहयोग मा संचालन भएको रेडियो कार्यक्रम परिवर्तन  
त्यसैगरि जिल्ला बन कार्यालयको आर्थिक सहयोगमा संचालन गरिएको चेतना मुलक रेडियो कार्यक्रम हम्रो वन नामक कार्यक्रम रहेको छ । भने वि.वि.सी  नेपाली सेवा सामुदायिक रेडियो प्रसारक संघ वाट प्रसारित सझा खबर हाम्रो नेपाल राम्रो नेपाल   उज्यालो ९० नेटवर्क ईक्वेल एक्सेस  एन्टेना फउन्डेसन काठमाडौ  दलित स्वालम्वी समाज दैलेखले संचालन गरेको दलित तथा पिछडिएका वर्गको  आवाजलाई बुलन्द गर्ने कार्यक्रम  दविएको आवाज  लगायत धेरै संघ  संस्थाले हामीलाई सहयोग गरेको हुनाले यी नै हाम्रो सहयोगी संस्थाको रुपमा रहेका छन् तथा केन्द्रिय स्तरका विभिन्न कार्यक्रमहरु समेत प्रसाहरणमा  जोड दिईरहेका छौ ।
९. रेडियो स्टेशन भएको स्थान
नायण नगपालिका वडा नं. १ पुरानो बजार दैलेख। सुर्खेत देखि ६८ किलोमिटर उत्तर, समुन्द्र सतह देखि १,४५०  मिटरको उचाईमा । उत्तरी आक्षांश  २८० ५१" र ८१० ४३" १५ पुर्वी देशान्तरमा रहेको छ ।
१०. सामुदायिक रेडियोको प्रसारण किन ?
# समुदायले खाँचो पहिचान गरी सोही अनुसारको व्यवहारीक शिक्षा, तथा यथार्थ सूचना एवं भरपुर मनोरञ्जन प्रदान गरी सामाजीक परिर्वतन मा टेवा पु¥याउने।
# समाजमा रहेका मूल्या र मान्यताहरुलाई स्थापित गराई शान्त र सुदृढ  समाको निर्माण गर्नुका साथै सबै समुदायलाई नै सुचनाको  एक मालिक बनाउने  यसको उद्देश्य रहेको पाईन्छ ।
# स्थानिय भाषा, कला, धर्म, लगायत लोपहुन थालेका  जाती तथा संस्कृतिको संरक्षण संवृद्धी को पक्षमा जनओकालत गर्ने र जनचेतनामा जोड दिने ।
# शिक्षा, स्वाथ्य, रोजगार, पर्यटन कृषि लगायतका क्षेत्रमा दैलेख को पहिचान गराई  दैलेख जिल्लाको विकास को दुरदृष्टी सन्देस समाजसामु पु¥याउने र नयाँ नेपालको निमार्ण गर्ने ।
# विभिन्न उत्पीडित जात जाती पेशा धर्म का आधारमा मानिसहरु द्धारा उहिले देखि समाज निर्माणमा टेवा पु¥याउँदै आएका योगदानको सफल कथा  जनताको घर आगन सम्म प्रसारण गरि श्रम प्रति आस्था र सम्मान जोगाउने ।
# अन्द विश्वास, छुवाछुत, वोक्सी धामी झाक्री जस्ता कुरीतिको अन्त्य गरि मानव म¥यादाको पक्षमा कार्यक्रम प्रसारण गर्ने ।
# समुदायलाई प्रजातन्त्र मानव अधिकार  विकेन्द्रीकरण,स्वायत्त शासन,विकास ,निति निमार्ण र कार्यन्वयनमा जनसहभागिता, सहमति पारदर्शीता, स्वामित्व वोध र स्वामित्व ग्रहण का वारेमा सचेत पार्नु ।
# महिला शसक्तिकरण,लैगिक समानता ,वालअधिकार , वृद्धहरुको म¥यादको पक्षमा कार्यक्रम प्रसाहरण गर्ने
# अनावश्यक द्धन्द्ध,हत्या र आतङ्क वाट समाजलाई मुक्त राखेर शान्ति,सद्भाव,र मेलमिलाप वाट समाजमा द्धन्द्ध र न्युनीकरण गर्नु ।
# समुदाय वाट सिक्ने र सिकेका कुरा वा जानेका कुरा समुदायलाई नै संचार गर्ने ।
# विभिन्न जात जाती र धमावलम्वीहरुलाई सह अथित्व कायम गर्न  उत्साहित गर्ने।
# पिछडिएका वर्ग समुदायहरुको उत्थानको लागी सक्षम सशक्तिकरण दिगो विकास जसता कार्यहरु संचालन गर्नेृ ।
# स्थानिय समुदायलाई आम संचारमा पहुँच पु¥याउन स्थानिय संचारको विकास गर्न उल्लेखनिय योगदान पु¥याउनु ।
# स्थानिय समुदायलाई आफ्नो कला संस्कृति भाषा साहित्य र सभ्यताको विकास र संरक्षण गर्न ठोस पहल गनु ।
# जनता हरुको जिवनोस्तर विकास गर्न सच्चा र सहि सुचना संचारको महत्व दर्शाउने खालका कार्यक्रम संचालन गर्ने र ति कार्यक्रमको उपयोग गर्न प्रोत्साहित गर्ने ।
# स्थानिय समुदायहलाई स्थानियतहमा प्राप्त हुने सुविधाहरु उपयोग गरि तिनीहरुको व्यतित्व विकासमा योगदान पु¥याउने ।
# सामाजिक रुपमा व्याप्त रहेका कुरिती, कुसंस्कार, भ्रष्टचार, जस्ता खराव पक्षहरुको उन्मुलन गर्न जनसमुदायलाई चेतना एवम् उत्साहित गर्न सहयोग गर्ने ।
# निति निर्माता, सरकार र सवै साधारण जनता विच को संचारको कमिलाई पुरा गर्न सहयोगीको भुमिका निर्वाह गर्ने ।
# समुदाय र समुदायमा रहनेहरुको विच सूचना संचार पद्धतीको विकास गर्ने एवम त्यसको महत्वको प्रंचार प्रसार गर्ने ।
# समुदायको लागि काम गर्ने सरकारी निकाय सामुदायिक संगठन आदिलाइै अन्तक्रिया र विकास निर्माण आदिको काम गर्न सजिलो हुने वातावरण को निमार्ण गर्ने ।
# समुदाय र समुदायमा रहनेहरुको विच सूचना संचार पद्धतिको विकास गर्ने एंवम त्यसको महत्वको प्रचार प्रसार गर्ने ।
# समुदायको लागि काम गर्ने सजिलो हुने सौहार्दपुर्ण वातावरण तयार गर्ने ।
# स्थानिय समुदायको सर्वांगिण विकास गर्न वास्तविक कर्यरुप दिन योगदान पुयाउने ।
# दैलेखमा रहेका एतिहाँसीक र पर्यटकिय महत्वका ठाँउका वारेमा जनचेतना जगाउने ।
# स्थानीय स्तरमा प्रचलित रितिरिवाज परम्परागत ज्ञान सिपको को सम्रक्षण सम्र्बदन गर्ने ।
# समाजमा विद्यमान अन्धविस्वास सामाजिक कुरीती, कुसंस्कारलाई समाजबाट उन्मुलन गर्ने ।
# स्थानिय वासिन्दादलाई सामाजिक मुल्य मान्यताको बारेमा सजक गराउने ।
# स्थानिय समुदायका अर्थिक विकासका उन्नत पशुपालन र खेति किसानीको वारेमा चेतना जगाउने र त्यस्तो कार्य गर्न आवश्यक सहयोग गर्ने ।
# गरिवीको रेखा मुनी रहेका जनता र अर्थिक रुपमा असक्षम जनताहरुलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने ।
# ग्रामिण विकास एंव प्रवद्धन गर्न स्थानिय समुदायलाई उत्साहित एवम् प्रेरणादायि भुमिका निर्वाह गर्ने ।
# सरकारी साधन र स्रोतको उचित सदुपयोग गर्न सरकारी पक्षलाई जनता प्रति जवाफदेहि वनाउन रचनात्मक कार्यहरु संचालन गर्ने । राज्यको पुर्नसंरचनाको लागि सर्वसाधारण जनतालाई आवश्यक ज्ञान सिप प्रदान गरि राज्य पुनर्रसंरचना गर्न आवश्यक सहयोग गर्ने ।
११. सामुदायिक रेडियो ले समुदायको विकास कसरी गर्छ ।
मानविय विचारको नयाँ निमार्ण र सामाजिक विकास मा सामुदायिक रेडियोले विषेश पहल  गरेको पाईन्छ ।  जसमा चेतनाको विकास र  सहि संरचनाको निमार्ण नभए सम्म  यो समाज अगाडी बढ्न सक्दैन ।  आजको एक्काइसौँ शताब्दिमा चेतना फैलाउने भरपद्रो माध्याम संरचना हो । त्यसैले रेडियोले तरंगवाट फ्याक्ने र जनताको चेतना बढाउने जसले सामुदायिक विकासका कार्यमा जोड दिएको पाईन्छ । चेतनशिल विचारको सहमति र सहकार्यले समुदायको विकास हुन थालेको पाईन्छ ।
१२. सामुदायिक रेडियो धु्रवताराले कुन कुन सिद्धान्तमा आधारित रहेर काम गर्छ ?
क. सेवा मुखि संगठन संगै रेडियो सामुदायिक स्वामित्व र सहभागिता अभिवृद्धि
ख. समुदाय र यसको विश्वासको आधारमा संस्थागत र दिगो विकास
ग. स्थानिय, अवसरमा समानता र सामाजिक न्याय
घ. मानव अधिकार को रक्षा का साथै र प्रजातान्त्रिक सशक्तिकरण
ङ. विकासको क्रममा अगाडी बढेका संघ सस्थासँग सहर्काय र हातेमालो
च. धर्मिक आर्थिक, लैङ्गिक र जातिय समानतामा जोड दिने  
छ. जन वकालत र सामुदायिक सशक्तिकरण
ज. सामाजिक सहमति, आत्मनिर्भरता
१३. लक्षित क्षेत्र र वर्ग
यस सामुदायिक रेडियो प्रसारण क्षेत्र भित्रका आर्थिक, सामाजिक तथा मानविय दृष्टीले पछाडी परेका वर्ग लाई विषेश जोड दिने ।
१४. सामुदायिक रेडियो ध्रुवताराको लक्षित रुपमा संचालन  गरेका  कार्यक्रम के–के हुन ?
क. गुणस्तरिय कार्यक्रम प्रसारण गर्ने
ख. रेडियोलाई साधन श्रोत र प्रविधीले, समुदायलाइ अर्थिक, सामाजिक साँस्कृतिक रुपले वलियो वनाई संसथागत दिगो विकास गर्ने
ग. रेडियोमा समुदायको स्वामित्व र सहभागिता वढाउने
घ. रेडियालाई जनचासो र जीवन संगिको रुपमा समुदायले ग्रहण गर्ने विषय समेटेर स्रोता संख्या वढाउने
च. स्थानिय विकासमा योगदान पु¥याउने
छ. स्रोत व्याक्ति र वैकल्पीक जन शक्तिको तयारी संगै प्राविधिक सुविधाको विकास गर्ने
ज. सामुदायिक रेडियो तालिम केन्द्रको स्थापना र विकास गर्ने
झ. आम संचारमा संलग्न व्यक्ति संघ संगठन संग सम्वन्ध विस्तार गर्ने
ञ. रेडियो सहकर्मिहरु तथा  स्थानिय रुपमा सहयोगी गाविस संवादाता, नगर संवादाता हरुलाई क्षमता बृदि गरिनुका साथै सुविधा क्रमश वढाउदै लैजाने
ट. प्रशारण समय, क्षेत्र, क्षमता र प्रविधि क्रमश वृद्धि गर्दै लैजाने र विभिन्न भाषा भाषीका कार्यक्रम प्रशारण गर्ने
ठ. दिगो  विकास  गर्ने संघ संस्थाको साझेदारिमा कार्यक्रम उत्पादन र प्रशारण गर्ने
ड. रेडियो संग सम्वन्धित श्रोता र संगि समुह हरुको व्यावस्थापन र परिचालन गरि आजिवन, संस्थाको र साधारण सदस्यता वढाउने र  सम्वन्ध सुधार  गर्ने ।

१५. रेडियो ध्रुवतारा सामुदायिक एफ.एमका आर्थिक श्रोतहरु के के हुन् ?


हाम्रो रेडियोको प्रशारणले भ्यायका क्षेत्रमा संचारमा व्यापारिक विज्ञापनको महत्व वारे अझै पनि चेतना नभएकोले यस वाट प्राप्त श्रोत थोरै रहेको पाईन्छ । अवलोकन भ्रमण शुल्क सामाजिक सन्देश गाविस नगर पालिका जिविस दैलेख वाट प्राप्त अनुदान सरकारी गैर सरकारी संघ सस्थानहरु संगको साझेदारीमा उत्पादित चेतनामुलक रेडियो कार्यक्