भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण
![](https://dtfm.org/uploads/news/images/809790375gold_medal_3yWndBrZEG.jpeg)
१६ कात्तिक २०७७
धु्रवतारा न्युज डेस्क
कृष्ण शर्मा
काठमाण्डौ भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ ।
नेपालका लागि निता आचार्य र सोनिम मानन्धरले स्वर्ण पदक जितेका हुन् । साथै नेपालले एक रजत तथा सात कास्य पदक प्राप्त गरेको छ । नेशनल कराँते अफ ब्राजिलको आयोजनामा दुई दिनसम्म भएको अनलाइन काता च्याम्पियनसिपमा १३ वर्षदेखि २१ वर्षसम्मको समूहमा आचार्यले २४ दशमलव ७० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् ।
उनले ब्राजिलकी क्यारोलिन एजोभेदोलाई हराएको प्रशिक्षक रवीन्द्र मानन्धरले जानकारी दिनुभयो । यस्तै पुरुषतर्फको प्रतिस्पर्धामा नेपालका सोनिम मानन्धरले २४ दशमलव ९६ अंक प्राप्त गर्दै स्वर्ण जितेका छन् । उनले भारतीय खेलाडी सायक कमाकरलाई हराएका हुन् ।
यस्तै महिला १४ वर्षदेखि १५ वर्ष उमेर समूहमा नेपालका सञ्जु देसारले २५ दशमलव ३१ अंकका साथ रजत पदक प्राप्त गरिन् । पुरुष आठदेखि नौ वर्ष उमेर समूहतर्फ सत्कार घर्ती मगरले कास्य पदक प्राप्त गरेका छन् । अरु विभिन्न प्रतिस्पर्धामा नेपालका दीपिका सापकोटा, अनुभा मङ्गर्ती, मिस्ली श्रेष्ठ, राजकुमार श्रेष्ठ र रवीन्द्र मानन्धरले कास्य पदक प्राप्त गरेका छन् ।
![](https://dtfm.org/uploads/news/images/162249020111.jpeg)
भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण
काठमाडौं । कञ्चनपुरको महेन्द्रनगरमा असार दोस्रो साताबाट सुदूरपश्चिम स्कुल क्रिकेट लिग हुने भएको छ । स्टार प्रोडक्सनको आयोजनामा हुने प्रतियोगितामा
![](https://dtfm.org/uploads/news/images/1140460870Pakistan-.jpeg)
भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण
एजेन्सी । कप्तान अहमदसहित तीन खेलाडीको अर्धशतकमा यस संस्करणकै सर्वाधिक रन बनाएको पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक
![](https://dtfm.org/uploads/news/images/612787429van_Y8Ry9UvI1E.jpeg)
भर्चुअल कराँते वर्ल्ड च्याम्पियनसिपमा नेपाललाई दुई स्वर्ण
च्याम्पियन्स लिग साविक विजेता लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले यस वर्षको यूईएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् । गत सिजन भान डाइकले
प्रतिकृया दिनुहोस