अलपत्र सुत्केरिको उद्धार
![](https://dtfm.org/uploads/news/images/120341593220210125_143357-(1).jpeg)
१२ माघ २०७७
कृष्ण शर्मा
दैलेख,
माघको महिना , चिसो डाँडाँमा न खाना पकाउने भाडाकुडा छन, न त पकाउने खानेकुरा ,न पकाएर दिने कोहि छन , आड्ने ओछ्याउने पनि नभएको अबस्थामा अलपत्र अबस्था मा दैलेखको सदरमुकाम नारयण नगरपालिका भित्र शारिरिक अपागंता भएकी एउटि महिला सुत्केरि भएको ३ दिन सम्म अलपत्र अबस्थामा चिसो छिडिमा बिताउन बाध्य छन , स्थानिय सरकारले सुत्केरि महिलाका लागि पोषण कार्यक्रम , अण्डा ,कुखुरा बितरण लगाएत का बिभिन्न कार्यक्रममा लाखौं खर्च गरिरहेको छ ।
नारायण नगरपालिका वडा न. ५ मा अलपत्र अबस्थामा ३ दिनकी सुत्केरि महिलाको उद्धार गरिएको छ । अस्थायि प्रहरि चौकी भैसिखोर, जिल्ला प्रहरि कार्यालय दैलेख र सामाजिक सेवा केन्द्र (सोसेक) को संयुक्त प्रयासमा उद्धार गरिएको हो । उद्धार गरिएकी महिला शारिरिक रुपमा असक्त हुन ।
नारयण नगरपालिकाको इट मा छोडेको घरमा ६ महिना अघि देखि बस्दै आएकी महिला ३ दिन अघि सुत्केरि भएको नजिकै का छिमेकी बहादुर कटुवालले बताए । उनको साथमा अर्को अन्दाजि ३ बर्षको छोरा पनि छ । अहिले छोरि जन्माएकी छन । छोरा र छोरि कस्को हो भन्ने थाहा नभएको र अलपत्र अबस्थामा बच्चा भएपछि आफुहरुले बिहान बेलुका खानका लागि सहयोग गर्दौ आएको कटुवालले बताए ।
सोमवार बिहान नारायण नगरपालिका वडा न. ५ को ईटमा बस्ने बल बहादुर कटुवालले अलपत्र अबस्थामा एउटि महिला सुत्केरि भएको भन्ने जानकारि दिए पछि अस्थायि प्रहरि चौकि भैसिखोरका इन्चार्ज हवल्दार सुरेन्द्र थापाले ४ र ५ न. वडाको सिमानामा पर्ने भएकोले दुबै वडाका वडाध्यक्षलाई जानकारि दिए पनि वडा न. ४ का अध्यक्षले वास्ता नगरे पनि वडा न. ५ का अध्यक्ष लाल बहादुर बस्नेत सहित अलपत्र अबस्थामा भएकी महिला भएको स्थानमा गई उद्धार गर्न पहल गरेको बताए । स्थानिय स्तर बाट उद्धार गर्न सम्भब नभए पछि ्िजल्ला प्रहरि कार्यालयमा जानकारि दिएको र जिल्ला प्रहरि कार्यालय दैलेख को समन्वयमा सामाजिक सेवा केन्द्र दैलेख ले आफ्नो सेल्टरमा राख्ने गरि उद्धार गरिएको हवल्दार सुरेन्द्र थापाले बताए ।
घर कहाँ हो , छोरा, छोरि कस्को हो भन्ने सम्म थाहा नभई ६ \ ७ महिना देखि बेवारिसे अबस्थामा अर्काले छोडेको घरमा बस्दै आएकी महिला अलपत्र अबस्थमा सुत्केरि हुदा सम्म स्थानिय तहलाई जानकारि नहुनु र जानकारि पाए पनि वास्ता नगर्नु गैर जिम्मेवार भएको स्थानियको भनाई रहेको छ ।
![](https://dtfm.org/uploads/news/images/112292690612.jpeg)
अलपत्र सुत्केरिको उद्धार
नयाँ दिल्ली । भारतीय वायुसेनाको बेपत्ता भएको विमानको खोजी अहिलेसम्म पनि जारी रहेको बताइएको छ । यसकालागि स्थल सेनाको पनि सहारा लिइएको छ । वायुसेनाको
![](https://dtfm.org/uploads/news/images/8500703711.jpeg)
अलपत्र सुत्केरिको उद्धार
कोलम्बो । श्रीलंकामा एकजना बौद्ध भिक्षुले मुश्लिम मन्त्री र एक जना गभर्नरको राजीनामाको माग गर्दै आमरण अनशन बसेपछि सोमबार दुईजना मुसलमान गभर्नरले
![](https://dtfm.org/uploads/news/images/961654398nepal-airlines-plane_qdH6j544fh.jpeg)
अलपत्र सुत्केरिको उद्धार
भदौ १६, २०७७ दैलेख स् विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ सङ्क्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित
प्रतिकृया दिनुहोस