खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने
संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका–४मा जन्मिएका स्वर्गीय गायक खेमराज गुरुङको सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने भएको छ ।
खेमराज गुरुङ ट्रस्टले उहाँको नाममा युट्युब च्यानल स्थापना गरी शब्द, स्वर र संगीत भरेका उहाँका सम्पूर्ण गीतहरु संकलन गरी युट्युबमा राखिने जनाएको हो । २०५८ सालमा बजारमा आएको पूर्वेली भाका भएको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले उहाँलाई विश्वमाझ चिनाएको थियो । त्यो गीत विश्वकै सयमध्ये उत्कृष्ट रुचाइएको मध्येमा परेको थियो ।
अझै पनि यो बोलको गीत आमश्रोताले अझै पनि गाउने गरेका छन् भने उत्तिकै लोकप्रिय समेत रहेको छ । त्यो बाहेक स्वर्गीय गायक गुरुङको ‘आलु तामाले’, ‘खोलाको चिसो पानी’ लगायत दुई दर्जनभन्दा बढी गीत चर्चित रहेका छन् ।
दुई छोराका पिता गुरुङको तीन वर्षअघि उहाँको उपचारको क्रममा निधन भएको थियो । उहाँका जेठा छोरा शुभमको समेत गीतसंगीतप्रति लगाव रहेको छ । ट्रस्टले गुरुङसँग सम्बन्धित गीतहरूको संग्रह नभएकाले सबैलाई त्यस्तो गीत भए आफूहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।
ट्रस्टका संरक्षक खेमराजकी आमा तुलसीमाया गुरुङले खेमराजले झण्डै ५ सयभन्दा बढी गीत गाएको बताउनु भयो । उत्तिकै संख्यामा संगीत, शब्दरचना गरेको उहाँको भनाइ छ । उहाँको गीति संग्रह ‘ढाक्रे’ समेत केही समयअघि बजारमा आएको थियो । खेमराजले गीत संगीतका साथै सामाजिक सेवा समेत सक्रिय भएकाले आममानिसहरुको मन जितेका थिए ।
खेमराजसँग सम्बन्धित शब्द रचना, संगीत र स्वर रहेका सबै गीतलाई पछिल्लो पिँढीसम्म सुनाउन र एउटा संग्रहको रुपमा स्थापित गर्न युट्युबमा राखिने योजना बनाएको ट्रस्टले जनाएको छ ।
खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने
काठमाण्डौ | २०७५ सालको पद्मश्री साहित्य पुरस्कारबाट रमेश सायनको संस्मरण ‘छुटेका अनुहार’ पुरस्कृत हुने भएको छ । यस्तै पद्मश्री साधना सम्मानबाट
खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने
३ माघ, काठमाडौं धुर्वतारा समाचार डेस्क गायिका आस्था राउतलाई जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठले आफूमाथि अभद्र व्यवहार गरेको
खेमराज गुरुङका गीत संकलन गरी युट्युबमा राखिने
फागुन १६ , २०७६ काठमाडौ धुर्वतारा समाचार डेस्क नेपाल आइडलको मंच बाट रचना रिमाल बाहिरिएकी छिन। दर्शकको भोट अनुसार रचना नेपाल आइडलको मंच बाट
प्रतिकृया दिनुहोस