महिनावारी स्वच्छता सम्बन्धि तालिम
दैलेखको भगवतीमाई गाउँपालिकामा पूर्ण सरसफाई तथा महिनावारी स्वच्द्धता सम्बन्धि दुई दिने तालिम सम्पन्न भएको छ । भगवतीमाई गाउँपालिका,ग्रामिण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थीक सहयोग तथा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपाल दैलेखको सहजिकरणमा तालिम संचालन गरिएको थियो ।
गाउँपालिकाका महिला स्वास्थ्य स्ंयमसेवीका, वडामा निर्वाचित महिला सदस्य र गाउँपालिकामा कार्यरत महिला कर्मचारीहरुलाई तालिम प्रदान गरिएको परियोजनाका फिल्ड संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
तालिम समापन कार्यक्रममा भगवतीमाई गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले तालिममा सिकेका विषयहरु समुदाय स्तरमा लागु गर्न सहभागीलाई आग्रह गर्नुभयो । समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष, निमित्त प्रमुख प्रशासकिय अधिकृत भिम बहादुर बुढा, स्वास्थ्य शाखा संयोजक नगेन्द्र बहादुर हमाल, जलस्रोत अधिकृत प्रकाश थापा, स्वास्थ्य प्रबद्र्धक खगिसरा थापा लगाएत सहभागि थिए । तालिमको सहजिकरण ग्रामिण जलस्रोत व्यवस्थापन परियोजना बानी व्यवहार परिवर्तन अधिकृत मञ्जु भट्टले गर्नुभएको थियो ।
दुई दिने तालिममा २९ जनाको सहभािगतामा रहेको बताईएको छ ।
महिनावारी स्वच्छता सम्बन्धि तालिम
पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न
महिनावारी स्वच्छता सम्बन्धि तालिम
रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता तालिम दैलेखमा शुरु भएको छ । रेडियो धुर्वतारा एफ.एमको आयोजनामा ५ दिने रेडियो उद्घोषण तथा आधारभुत पत्रकारीता
महिनावारी स्वच्छता सम्बन्धि तालिम
ज्योती कटुवाल । १२ भदौ, दैलेख । डेढ वर्षअघि १ करोड ९४ लाख रुपैयाँ लगानीमा जिल्ला पशुसेवा कार्यालयको भवन निर्माण गरियो । निर्माण सकिएको ३ महिना
प्रतिकृया दिनुहोस